गाउँले मिडिया / सम्वाददाता
पोखरा , १९ चैत ।
इतिहास सँगै पर्यटकिय प्रबद्र्धन, जैविक विविधता सिमसार हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका सातौं संस्करणको रुपा सिष्ठेनी मेला आगाी चैत २२ गते देखि हुन भएको छ ।
रुपा युवा क्लबको आयोजनमा पोखरा ३२ रुपातालको छेउमा हुने सातौं संस्करणको रुपा सिष्ठेनी मेलाको तयारीका बारेमा मंगलबार पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी गराइएको हो ।
करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल चैत २२ गतेदेखि ८२ साल वैशाख २ गतेसम्म सञ्चालन हुने रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिनु भयो ।
मेलामा लोक दोहोरी, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषी प्रद्र्धशनी, विभिन्न झाकीहरुको सहभागीता, फूड फेस्टिवल, जैविक विविधता प्रदर्शनी, रुपातालको माछा प्रदर्शनी, पर्प कन्सर्ट, बाल उद्यान लगायतका मेलाका आकर्षणका कार्याक्रमहरु हुने खड्काले जानकारी दिनु भयो ।
यसै गरी महिला पुुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपाताल वरीपरी क्षेत्रको लागी विकासको पहल गर्ने, आन्तरिक र बाहय पर्यटन प्रवद्धर्न गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिनु भयो । मेलालाई ब्राण्डका रुपमा विकास गर्ने क्लबको उद्धेश्य रहेको बताउँदै श्रेष्टले स्थानीय तथा स्देशी उत्पदनको प्रबद्र्धन एवम् सस्कृतिको जगर्ना गरी पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मेला आयोजना गरिंदै आएको बताउनु भयो ।
यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्ने , आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन मेलाको मुख्य उद्धेश्य रहेको आयोजकले जानकारी दिएको छ ।
करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ भने १ सय १५ स्टलहरु रहने आर्थिक व्यवस्थापन उप समितिका संयोजक बसन्त जोशीले जानकारी दिनु भयो । मेलामा करिब ३५ लाख आम्दानी हुने र करिब ३३ लाख खर्च हुने र बाँकी बचत रकम करिब २ लाख बचत रकम ताल बराही मन्दिर र कोट भैरब मन्दिर मर्मत गरिने जोशीले बताउनु भयो ।
६ सय वर्ष अघि देखी सञ्चालन गरिंदै आएको मेला २०४० सालको दशकमा आएर विभिन्न कारणले रोकिएको सल्लाहाकार उपसमिति संयोज कुलप्रसाद अधिकारीले जनाकारी दिनु भयो ।
मेला सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा हरि सुबेदी, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार, मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा वर्मा सुनार, मुख्य प्रवेशद्धार व्यवस्थापन उपसमितिको संयोजकमा ईश्वर श्रेष्ठ, प्राथाकिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक मोहनलाल जोशी, खेलकुद व्यवस्थापन उपसमिति संयोजक कृष्णलाल जोशी रहनु भएको छ ।