लेखनाथ,२० चैत्र । पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका कृषकलाई आय आर्जनमा जोड दिएको छ । वडावासीको आय आर्जनमा बृद्धि गर्ने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं २६ ले मौरी पालन ब्यवसायलाई अगाडी वढाएको छ ।
वडाको भु बनोटका आधारमा मौरीका लागि उपयुत्त वातावरण रहेकाले मौरी पालन तर्फ किसानलाई आकर्षण गर्नका लागि तीन दिने मौरीपालन तालिम र ५० प्रतिशत अनुदानमा मौरी घार वितरण गर्न लागिएको हो ।
वडा कृर्षि सञ्जाल पोखरा २६ को आयोजनामा भएको तीन दिने तालिमको शुभारम्व गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले विकास भनेको वाटो घाटो मात्र नभई वडावासीलाई आर्थीक रुपमा सक्षम र आय आर्जनमा जोड्ने योजनाका साथ अगाडी वढेको विचार राख्नु भएको थियो ।
कृर्षि सञ्जाल पोखरा २६का अध्यक्ष केशव ढुगानाको अध्यक्षतामा सुरु भएको तालिममा मौरी विज्ञ रमेशराज पौडेल, धन वहादुर रानामगर र अर्घौ कृर्षि केन्द्रका प्रमुख सन्तोष सुवेदी प्रशिक्षण दिनुहुने आयोजकले जानकारी दिएको छ ।
कृर्षि सञ्जालका सचिव ईश्वरराज भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दुर्गा तिमिल्सेनाले गर्नु भएको थियो ।