पोखरा ।
शान्तिका लागि साझा अभियान कोक्याप गण्डकी प्रदेशले पोखरा महानगरपालिका २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एव दिगो सामाजिक आर्थिक विकासका लागी रणनितीक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार सम्पन्न भएको कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष राम प्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले विकास निर्माण तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शान्तिका लागि साझा अभियान कोक्यापले आफ्नो कार्यक्रमको लागि पोखरा २८ लाई छनोट गरेको कोक्यापलाई धन्यवाद दिदै समग्रमा पोखरा २८ मा विकास निर्माण तथा कृषिको प्रचुर सम्भावना रहेको भएता पनि खानेपानी, बादर आतंक लगाए अन्य विविध कारणले यहाँका बासिन्दाहरु समस्यामा परेको बताउनु भयो । वडावासीको समस्यालाई समाधान गर्न वडा कार्यालयबाट दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले प्रशिक्षण दिदै पोखरा २८ मा कृषि लगायत विविध बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष वीर बहादुर किसानको अध्यक्षतामा सम्पन्न भएको परामर्श कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेल कृषि सन्जाला पोखरा २८ का अध्यक्ष राधाकृष्ण तिवारी सहजकर्ता तथा अध्यनकर्ता बबिन नेपाली लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । सहजकर्ता केशु भुजेलले सन्चालन गर्नु भएको कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक शुसिला न्यौपानेले स्वागत गर्नु भएको थियो ।