पीपीएललाई आईसीसीको मान्यता

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौँ, आश्विन २२

पोखरा प्रिमियर लिग (पीपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा कात्तिक ९ गते देखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता पीपीएल हुँदैछ।

क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्ती मार्फत आईसीसीले पीपीएललाई मान्यता दिएको जनाए। उनले आईसीसीले तोकेको मापदण्डअनुसार सबै कागजपत्र बुझाउनुका साथै प्रतिबद्धता जनाएपछि आईसीसीको स्विकृती आएको बताए। आईसीसीको स्विकृतीकालागि विश्व क्रिकेटको सर्वोच्च संस्थाले तोकेको २० हजार डलर पनि बुझाएको उनले जनाएका छन्।

आईसीसीको स्विकृतीअनुसार नेपाली राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीले पीपीएलमा सहभागिता जनाउन पाउने छन्। विदेशी खेलाडीको हकमा ती खेलाडीले पीपीएल खेल्न चाहेमा सम्बन्धित देशको स्विकृती पत्र लिएर आउनु पर्नेछ। पीपीएलमा एउटा टोलीमा दुई विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ।

विराटनगर टाइटन्स, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले पीपीएलमा प्रतिस्पर्धा गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्