डायमण्ड कप २०७५ सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, असोज २४ ।
डायमण्ड माध्यमिक विद्यालय पोखरा २७ तालचोकमा विद्यालयस्तरीय वृहत् खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । २१ गतेबाट शुरु भएको उक्त प्रतियोगिताको फाईनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ । आठओटा समूहको सहभागिता रहेको फुटबल तर्फबाट कक्षा ११ को व्यवस्थापन सङ्कायको ए समूह प्रथम भएको छ ।
कक्षा ११ विज्ञान समुह दोस्रो र कक्षा ११ व्यवस्थापन बी समुह तेस्रो स्थान हात पारेको छ । फुटबल तर्फबाट हाई स्कोरर दर्शन गुरुङ्ग र बेस्ट प्लेयरको उपादी दिप्पन गुरुङ्गले प्राप्त गरेका छन् । छात्र भलिबलतर्फको उपाधि कक्षा ११ व्यवस्थापन को समुह ले जित हात पार्न सफल भएको छ । छात्रातर्फको भलिबलको उपाधि कक्षा १० ले हात पारेको छ भने व्यवस्थापन समुह कक्षा ११ ले द्वितीय स्थान हात पारेको छ ।
छात्रा तर्फको बेस्ट प्लेयर कक्षा १० कि छात्रा सिम्रन गुरुङ्ग र वेस्ट सटर पायल न्यौपानेले प्राप्त गरेका छन् । त्यस्तै गरि छात्र तर्फको बेस्ट प्लेयर कक्षा ११ का छात्र प्रदिप गुरुङ्ग र वेस्ट सटर माक्स गुरुङ्गले प्राप्त गरेका छन् । विद्यालयका निर्देशक माधव शरण उपाध्याय, प्राचार्य एम वहादुर रोका तथा व्यवस्थापक हरि लामिछाने ले सामुहिक रुपमा पुरस्कार वितरण गरेको कार्यक्रममा विद्यालयका प्राचार्य एम वहादुर रोका ले शिक्षा सगै खेलकुद पनि विद्यार्थिको जिवनमा अत्ति उपयूक्त हुने हुँदा अनुशासित भएर शिक्षा सँगै खेलकुदमा पनि भविष्य खोज्न सक्नुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्