लेखनाथमा सिनीयर मिनी म्याराथुन हुने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा , २५ असोज ।
नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथुनको आयोजना गरिने भएको छ । विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।
यहि असोज २७ गते आयोजना हुने म्याराथुन खोलाको डिलबाट शुरु भई अर्घौंैै, खराने हुँदै पुनः खोलाको डिलमा पुगेर ३ किमि को दुरि पुरा गरि सम्पन्न हुनेछ । म्याराथुनमा प्रथम हुने महिला र पुरुषले नगद ५÷५ हजार, द्धितीय हुने महिला र पुरुषले नगद ३÷३ हजार, तृतीय हुने महिला र पुरुषले नगद २÷२ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
खेल संस्कृतिको विकास र स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको म्याराथुनमा सहभागी हुनको लागि महिलाको हकमा ३० वर्ष माथीको हुनुपर्ने र पुरुषको हकमा ३५ वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि ५० हजार खर्च लाग्ने र निःशुल्क दर्ताको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्