गाउँले मिडिया / सम्वाददाता
लेखनाथ, ३ बैशाख । लेखनाथ खानेपानी संस्थाको नयाँ वर्षको भित्तेपात्रो विमोचन एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका पूर्व उर्जा , जलस्रोत तथा खानेपानी मन्त्री, प्रदेश सांसद बेद बहादुर गुरुङले सस्थाले शहरी बिकासका साथै खाने पानीको उपल्ब्ध गराउने कार्यको प्रशंसा गर्नु भयो ।
आामी दिनमा खानेपानीलाई दिगो रुपमा सञ्चालन गर्नको लागि स्थानीय स्तरबाट नै समन्वय गरी व्यवहारिक तथा नितिगत समस्या बेलैमा समाधानका लागि गुरुयोजना बनाउनुपर्नेमा जोड दिनु भयो । यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै सांसद गुरुङले आफू मन्त्री हुदा इदि खोलाको पानी तानेर थाकखानेपानी आयोजनालाई अगाडि बढाउने आफूले पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेको गरेको जानकार िदिनु भयो । संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयबाट गुरुयोजनाका साथ जान सके खानेपानी समस्या समाधान गर्न सकिने र यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिनु भयो ।
यसै गरी संसाथका अध्यक्ष मुराहरी शर्माले स्वागत एवम् कार्यमाथि काश पार्दै हाल सडक निर्माणका कारण खानेपानी आपुर्ति गर्न कठिनाई भएको जानकारी गराउनु भयो । खानेपानीलाई दिर्घकालिन रुपमा आपुर्ति गर्न मादी खोलाबाट लिफ्टिीङ गरी पानी ल्याउन संस्थाले पहल गरेको जानकारी गराउँदै यसमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।
यसै गरी संस्थाका निबर्तमान अध्यक्ष विष्णु प्रसाद बरालले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सरोकारवाला सबै एकजुट हुन नसके खानेपानीको समस्या हुने बताउनु भयो । संसाथका पूर्व अध्यक्ष बोधराज लामिछानेले बृहत एकिकृत खानेपानी योजना ल्याउन आफ्नो कार्यकालमा प्रयास गरेको जानकारी दिंदै खानेपानी समस्या समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । संथाका अध्यक्ष मुराहरी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणी भट्टराइ रक्षाले गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष पुस्पकमल ढुङगानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।