नेपालको शानदार सुरुवात, माल्दिभ्स ४-० गोलले पराजित

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

८ कात्तिक, काठमाडौं ।

नेपालले साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे ।

सुरुवातदेखि नै माल्दिभ्समाथि हावी भएको नेपालले खेलको २८ औं मिनेटमा अग्रता लियो । नेपालका खेलाडीलाई माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जान लिम्बुले पेनाल्टीलाई सुदपयोग गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा नेपालका नमस थापामगरले गोल गर्दै दोब्बर अग्रता दिलाए । एकपछि अर्को आक्रमक शैली अपनाएको नेपालले पहिलो हाफमा २ गोल गर्न सफल भएको थियो ।

दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । नेपालका लागि सशांक बोहराले खेलको ६३ औं मिनेटमा गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए ।त्यसको ७ मिनेट पछि अर्थात खेलको ७० औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रतामा पुर्‍याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल नेपालले ४-० गोलले जितेको हो । त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २-१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बि मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्