लेखनाथ सामुदायीक सेवा केन्द्रको प्रथम खुल्ला दौड प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १३ कार्तिक ।
लेखनाथ सामुदायीक सेवा केन्द्र एवं प्रहरी सेवाको १२ औं स्थापना दिवसको अवसरमा प्रथम खुल्ला दौड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । विजयपुर देखी वेगनासताल सम्म ८ किमिको दुरीमा आयोजित खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ चेष्ट नं. १८ का सुरज खनाल ले निर्धारीत दुरी २६ मिनेट २२ सेकेण्डमा पार गर्दै प्रथम हुन सफल भएका छन भने चेष्ट ५६ नं. का अनिल वि.क. ले २६ मिनेट ३३ सेकेण्ड उत्त दुरी पार गर्दै द्धितिय र चेष्ट नं.४६ का याङदेव राईले २६ मिनेट ४१ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै तृतीय हुन सफल भएका छन ।
यस्तै प्रतियोगितामा महिलातर्फ चेष्ट नं. २७ की सिता देवी गोतामेले निर्धारीत दुरी ३० मिनेट ५१ सेकेण्डमा पार गर्दै प्रथम हुन सफल भएकी छिन भने चेष्ट नं. ३० कि भिम कुमारी महतले ३२ मिनेट १ सेकेण्ड उक्त दुरी पार गर्दै द्धितिय र चेष्ट नं.३५ कि ललिता लामिछानेले ३३ मिनेट ४७ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै तृतीय हुन सफल भएकी छिन ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश नगद रु १० हजार, ५ हजार र ३ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने सहभागीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुन सफल सहभागिहरुलाई पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसिले स्वास्थ्यका लागि खेलकुदको भुमिका महत्वपुर्ण हुने भएकाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नं ४ का ट्राफिक प्रमुख विरेन्द्र कुमार बस्याल, नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज ब. गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए भने प्रतीयोगितामा सहभागीह?मध्ये सबैभन्दा कम उमेरकी ११ वर्षिया आशिका लामिछाने र वढि उमेरका ८१ वर्षका फणिन्द्र मोहन शर्मालाई सम्मान समेत गरिएको थियो । संस्थाका अध्यक्ष रमेश ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष मोति गिरी स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्