नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, १५ कार्तिक ।
आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो । नेपालले मध्यान्तरसम्मको खेल गोलरहित बराबरी खेले पनि मध्यान्तरपछि लगातार ४ गोल खायो ।

जान लिम्बूले आत्मघाती गोल गरेपछि ५४औं मिनेटमा पछि परेको नेपालले ५९औं मिनेटमा जानले ‘फल’ गरेपछि पाकिस्तानले पाएको पेनाल्टीमा नेपालले अर्को गोल खाएको थियो । नेपालले ६९औं मिनेटमा पनि पेनाल्टीमार्फत् नै गोल खाएको थियो । ७८औं मिनेटमा थप एक गोल खाएको नेपाल मध्यान्तरपछि कमजोर रणनीति बनाउँदा पराजित भएको हो । अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशसित खेल्नेछ । बिहीबारै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको थियो । नेपालले शनिबारै तेस्रो स्थानका लागि भारतसित खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्