पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट थप रोमान्चक मोडमा, पाँच टिमको समान ४ अंक

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १५ कार्तिक ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट थप रोमान्चक मोडमा पुगेको छ । बिहीबारका खेलपछि ६ टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४र४ अंक बटुलेका छन् ।

अन्तिम स्थानको सन्दीप लामिछाने नेतृत्वको विराटनगर टाइटान्स २ अंकबाट पुछारमा छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं रोयल्सले लगातार दुई जितपछि पहिलो हार व्यहोर्नेक्रममा बिहीबार चितवन राइनोजसित १३ रनले पराजित भयो । सुरुआती दुई खेल हारेर आलोचित भएको चितवनले त्यसपछि लगातार दुई खेल जितेको हो ।

बिहीबारै भएको दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले हरायो । लगातार दोस्रो हार व्यहोरेको बुटबल ४ खेलबाट ४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहँदा पोखरा पल्टन ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी, ४ खेलबाट ४ अंकको चितवन राइनोज तेस्रो तथा ३ खेलबाट ४ अंकको काठमाडौं चौथो स्थानमा छ ।

धनगढी ४ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहँदा विराटनगर ४ खेलबाट २ अंकसहित पुछारमा छ । शुक्रबार धनगढीले पोखरासँग र बुटवलले काठमाडौंसित खेल्ने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्