गाउँलेमिडिया  / सम्वाददाता
लेखनाथ, १३ बैशाख । लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवाले जेष्ट नागरीकलाई भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
विकृति विसङगति रहित समाजको निर्माण हाम्रो अभियान भन्ने मुख्य नाराका साथ स्थापना भएको सेवा केन्द्रले पोखरा ३२ लामिहाल स्थित राधाकृष्ण वृद्धाश्रमका जेष्ठ नागरीकलाई शनिबार भोजन खुवाउने कार्यक्रम गरेको हो ।
सेवा केन्द्रकी अध्यक्ष गंगा खनालले समाजसेवाका कार्यले आफूलाई थप उत्साहित बनाएको बताउँदै जेष्ठ नागरीकको आशिर्वादले आफ्नो जीवन सामाजिक क्षेत्रमा लाग्न थप प्रेरित गरेको बताउनु भयो । आफ्नो विगतको सङघर्षमय जीवनको स्मरण गर्दै खनालले आफूले जीवनमा धेरै कष्ट भोगेर पनि सबै दाजुभाइ दिदीबहिनी आमा बाबाको आशिर्वाद , साथ सयहोगले नै सामाजिक तथा मानविय सेवाका कार्य गर्न थप बल मिलेको बताउनु भयो ।
गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख जनक बहादुर शाहीले लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गंगाकुमारी खनालले आफ्नो कष्टकर जीवनका बाबजुद पनि कत्ति पनि बिचलित नभई सामाजिक कार्यमा लागेको कृयासिलताले सबैलाई प्रेरित गरेको बताउनु भयो । जेष्टनागरीकको आशिर्वादले दीर्घजीवन र खुशी मिल्ने र यसले मानव जीवनमा सकारात्मक प्रभाव पर्ने बताउँदै प्रमुख शाहीले आगामी दिनमा यो बृद्धाश्रममा आफ्नो तर्फबात सक्दो सहयोग गर्ने बताउनु भयो ।
यसै गरी सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुलीले सकारात्मक सोचाइले नै मानव जीवनलाई स्वास्थ्य बनाउने बताउँदै जेष्ठ नागरीकको सम्मान नै वास्तविक धर्म हुने बतानु भयो । राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष विश्वराज लामिछानेले वृद्धाश्रमको बारेमा चर्चा गर्दै सहयोग गर्ने सेवा केन्द्रका अध्यक्ष लगायत सबैलाई धन्यवाद दिंदै सकारात्मक सोचले नै मानवलाई सफलताको शिखरमा पु¥याउने विचार व्यक्त गर्नु भयो । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले लेखनाथ सामुदायिक सेवा केन्द्रले सभ्या समाज निर्माणमा खेलेको भुमिको बारेमा चर्चा गर्दै केन्द्रका अध्यक्ष गंगा खनालको सामाजिक कार्य प्रतिको समर्पणले समाजमा सबैलाई प्रेरणा दिउको बताउनु भयो । साथै राधाकृष्ण बृद्धाश्रमले जेष्ट नागरीकको संरक्षण प्रदान गरी उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो ।
राधाकृष्ण वृद्धाश्रमका संस्थापक अध्यक्ष प्रेम लिगले वृद्धाश्रमको बारेमा चर्चा गर्दै सबै सयहोगी संघ संस्थाहरुबाट नै वृद्धाश्रम सञ्चालन गर्न सकिएको धारणा व्यक्त गर्नु भयो । त्यस्तै गरी सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरीले स्वागत गर्दै मानव जीवनमा कसैले कसैलाई दोष दिनु भनेको मुर्खता हुने बताउँदै मानव जीवनमा विश्वार्थ भावनाले सेवाका कार्य गर्दा आत्म सन्तृष्टि मिल्ने बताउनु भयो र आफ्नो तर्फबाट वृद्धाश्रमलाई नगद रु ५ हजार सहयोग गर्नु भएको थियो । सेवा केन्द्रका अध्यक्ष गंगाकुमारी खनालको अध्यक्षतामा भउको कार्यक्रमको सञ्चालन केन्द्रका सह सचिव कृष्ण रिजालले गरेका थिए भने धन्यवाद ज्ञापन सेवा केन्द्रका पूर्व अध्यक्ष त्रिलोचन लामिछानेले गरेका थिए ।