पोखरामा क्रिकेट रंगशाला बनाउन सहयोग गर्नेछु : प्रचण्ड

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

कात्तिक २०, पोखरा

पोखरामा जारी पोखरा प्रिमियर लिगको समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने बताएका छन्।

‘नेपाल खेलका कारणले पनि नयाँ राष्ट्रिय पहिचान र दिशामा अघि बढ्दै छ,’ उनले भने, ‘पोखरा सुन्दर नगरीको रुपमा विश्वमा चिनिएको छ। अझ फुटबलको शहर मा क्रिकेटको पनि क्रेजले सबैलाई चिनाएको छ।’ प्रचण्डले फाइनल खेलमा आफूलाई तटस्थ दर्शक रहेको दाबी गरे। ‘फाइनलमा आइपुगेका चितवन राइनोज र पोखरा पल्टन दुबैलाई बधाई,’ उनले भने, ‘मेरो जन्म थलो पोखरा, कर्मथलो चितवन।

त्यही भएर पनि म तटस्थ व्यक्ति अतिथि बन्न आए कस्तो संयोग।’ उनले विश्व मान चित्रमा अगाडि रहेका देश क्रिकेट नभएको भए अहिलेको स्थानमा आउन नसक्ने उनको दाबी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्