गाउँलेमिडिया / सम्वाददाता
लेखनाथ, १३ बैशाख । पोखरा महानगरपालिका वडा नंं २८ वडा कार्यालय र वडा स्तरीय कृषि सञ्जालले आयोजना गरेको कृषि गीत प्रतियोगितामा मात्रृशिु कृषक समूह प्रथम हुन सफल भएको छ । त्यस्तै गरी काफलघारी पिपलडाली कृषक समूह द्धितीय , विमिरापानी कृषक समूह तृतीय र स्याङ्खुदी कृषक समूह सान्त्वना भएका थिए ।
प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने कृषक समूहले क्रमश नगद रु २० हाजर , १५ हजार, १० हजार र ५ हजार र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक राधाकृष्ण तिवारीले जानकारी दिनु भयो । यसै गरी उत्कृष्ट भेषभुषामा कालिका कृषक महिला समूहले नगद रु ५ हजार र प्रमाण पत्र पाउन सफल भएको थियो भने सहभागी १४ वटा कृषक समूहलाई हौसला स्वरुप नगद रु १ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णयकमा गायकहरु कृष्ण गौतम , सुरेश भुर्तेल, पुरण गुरुङ र कषि ज्ञान केन्द्रका कृषि प्रावधिक शर्मिला मिश्र रहनु भएको थियो भने कार्यक्रममा बाली शिविर र रैथाने बालीको प्रदर्शनी समेत गरिएको थियो ।

पोखरा २८ को ठूलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने ःमहानगर प्रमुख आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८को ठुलाकोटलाई प्रमुख पर्यटकीय गन्व्यका रुपमा विकास गर्ने योजना कार्यन्वयनको चरणमा रहेको बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालय एवम् वडा स्तरीय कृषि सञ्जालको अयोजनामा सम्पन्न भएको कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथाने बाली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ठूलाकोट क्षेत्रको संरक्षण र यसको विकास र चुत्रेकोटमा निर्माणाधीन अर्धनारीश्वरको विशाल मूर्तिसहित उक्त क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिनु भयो ।
पोखराका वडाहरू १३, २६, २७, २८ र ३१ तथा मादी गाउँपालिका–५ र १२ सँग जोडिने कनेक्टिङ्ग रोड महानगरको गौरवको योजना भएको बताउँदै प्रमुख आचार्यले “माझठानाको टारी, आर्वाको घारी, बैदामको बारी सँग अरुको तुलना हुदैन” भन्ने अग्रजहरूको प्रेरणादायी भनाइ स्मरण गर्दै, पोखरा–२८ मा विभिन्न महत्वपूर्ण योजना र गतिविधिहरूको अवलोकन तथा वडाको नेत्रित्वसँग अन्तरसंवादका साथै थाक खानेपानी आयोजना तथा अन्य लिफ्टिङ प्रणालीमार्फत पिउने पानी व्यवस्थापन सम्बन्धी परियोजनाहरूको प्रगति र कार्यान्वयनबारे जानकारी लिने अवसर मिलेकोमा खुशी व्यक्त गर्नु भयो ।
पोखरा–२८ लाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यसहित यहाँ तरकारी उत्पादन, माहुरी पालन, दुग्ध उत्पादन र बाख्रापालनका लागि आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिंदै प्रमुख आचार्यले उत्पादन, संकलन र बिक्रीका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य अघि बढाइएको कुरा सो अवसरमा उहाँले जानकारी गराउनु भयो ।
यसै गरी पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडा कार्यालयले पूर्वाधार विकास निर्मणका कार्यका साथै समग्र वडा वासीको जीवन स्तर वृद्धि गर्न कृषि कार्यमा जोड दिएको बताउनु भयो । वडाले क्षमता अभिवृद्धि , कृषकहरुको आयआर्जनसँग सम्बन्धित विविध कार्यहरु गरिएको र यस्ता कार्यहरु पोखराका अरु वडाहरुले अनुकरण गरेको बताउनु भयो । पोखरा २८ लाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालय चिन्तित रहेको बताउँदै यस क्षेत्रको खेती योग्य जमीन उर्वाभुमी हुँदा हुदै पनि सही तरीकाले उपभोग नगर्दा तिनै तहका सरकारबाट उपलब्ध हुने विभिन्न अनुदानका कार्यहरु प्राप्त गर्न नसक्दा पछि परेको गुनासो गर्नु भयो । बोलेर भन्दा पनि उपलब्ध भएका साधन स्रोतको सहि रुपमा परिचालनबाट मात्रै आसा गरे अनुसारको उत्पादन गर्न सकिने बताउनु भयो । यसका लागि वडा कार्यालय सदैव वडावासीको साथमा रहेको पनि जानकारी गराउनु भयो । कार्यक्रममा कृषि गीत प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय , सान्त्वना हुने कृषक समूह र सभागी सबै कृषिक समूहलाई हार्दिक बाधाइ एवम् धन्यवाद दिंदै कुषि गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतका भावले आगमी दिनमा योजना तर्जुमा गर्न सहयोग पुगेको आफूले महुशष गरेको सो अवसरमा वडा अध्यक्ष लामिछानेले बताउनु भयो ।
यसै गरी नेपाली कांग्रेस कास्कीका निबर्तमान सभापति कृष्ण केसीले मानव जीवनलाई स्वास्थ्य राख्नका लागि कृषिलाई प्राथमिकता दिनु पर्नेमा जोड दिंदै कृषि उत्पादनको उपभोग गर्न छोडेर रासायनिक पदार्थ प्रयोग गरिएका खाद्यय वस्तु उपभोग गर्दा आर्थिक रुपमा मात्र नभइ स्वास्थ्यका दुष्टिकोणबाट पनि रोगी भएको कुरा बताउनु भयो । कृषि स्वस्थ्ज्य जीवनयापन गर्ने प्रमुख आधार भएको बताउँदै केसीले आगामी दिनमा राजिनितिक दलहरु, स्थानीय सरकार लगायत सरोकारवाला सबैले कृषिका योजनालाई प्राथमिकता दिन सुझाव राख्नु भयो । पूर्वाधार विकास निर्माणका योजनामा चिन्ता नगर्न आग्रह गर्दै केसीले आगाी बजेट योजना तर्जुमा कृषिमा आधारित कम्तिमा पनि १ करोड बराबराको योजना वडा कार्यालय, प्रदेश सरकार , संघिय सरकारमा पेश गर्न आग्रह गर्दै यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पोखरा महानगर कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कार्यक्रममा प्रस्तुत गरिएका गीतका भावले आगामी दिनमा कार्यक्रमको योजना बनाउनु सहयोग पुगेको आफूले महशुष गरेको बताउनु भयो । महानगरले यस वडालाई कुषि क्षेत्रलाई महत्व दिएर कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि महानगरपालिका सदैव कृषकहरुको साथमा रहेको बताउनु भयो ।
वडा नं.२८ वडा सदस्य डाल्डा देवी भुजेलले वडा कार्यालय , महानगरले कृषि क्षेत्रको विकासमा धेरै महत्व दिएको बताउँदै वडा कार्यालयले सोही अनुसारका कृषकको जीवन स्तरमा वृद्धि गर्ने आयआर्जन जस्ता कृषि कार्यक्रमहरु, कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्दे आएको जानकारी गराउनु भयो ।
समाजसेवी बिर बहादुर बुढाथोकीले पोखरा महानगरपालिकाले यहाँको कृषि क्षेत्रमा विशेष महत्व दिएको आफूले महशुष गरेका बताउँदै आर्थिक स्तर बृद्धिका दुष्टिकोणले र स्वास्थ्यको हिसालेपनि स्वास्थ्य जीवन जिउनका लागि कृषि प्रमुख आधार भएको बताउनु भयो । कृषि उत्पादनलाई वृद्धि गरी कृषकको जीवनस्तर वृद्धि गर्नका लागि बादर नियन्त्रण गर्न जरुरी रहेको बताउँदै यसका लागि वडा कार्यालय , महानगरपालिका लगायत सरोकारवाल निकाय सबैको ध्याआकर्षण गराउँदै नितिगत रुपमा नै बाँदर आतंकलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, नेकपा एमाले २८ का उपाध्यक्ष लक्ष्मी पौडेल, सूर्य लाइफ इन्सुरेन्सका अध्यक्ष रामजी बराल, साना किसान कृषि सहकारी संस्था लि.का उपाध्यक्ष सिताराम तिवारी लगायतले कृषि क्षेत्रमा विकास गर्न आगामी दिनमा अझ बढी प्रभावकारी कृषि कार्यक्रमहरु सञ्चालन गरी कृषकको जीवनस्तरमा बृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा कृषि महाशाखा, कृषि ज्ञान केन्द्र, लिवर्ड कास्की, कञ्चन नेपाल, कोक्यापको सहयोग रहेको कार्यक्रममा कृषि सञ्जालका संयोजक राधाकृष्ण तिवारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने वडा सदस्य बिरेन्द्र भण्डारीले स्वागत एवम. कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।