ओलम्पिक महिला फुटबल छनोटमा नेपाल दोस्रो चरणमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, कार्तिक २७ ।
नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसित १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।
म्यानमारको थुनुवा रंगशालामा भएको खेलको १७औं मिनेटमै कप्तान निरु थापाले गोल गरे पनि इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन् । नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएरपनि बराबरीमै रोकिनुर्पयो ।
यसअघि, नेपालले पहिलो खेलमा भारतसित र दोस्रो खेलमा म्यानमारसित १–१ को बराबरी खेलेको थियो । नेपाल अंकतालिकाको तेस्रो स्थानमा रह्यो । नेपाल तेस्रो स्थानको उत्कृष्ट दुई टिममा पर्दै पहिलो सहभागितामै ओलम्पिकको दोस्रो चरणमा छानिएको हो । यो समूहबाट भारत र म्यानमार पनि शीर्ष दुई टिममा पर्दै छनोट भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्