राखेपले दुई तेक्वान्दो संघलाई दियो ७ दिने अल्टिमेटम

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, कार्तिक २७ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले तेक्वान्दो संघमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न ७ दिने अल्टिमेटम दिएको छ । राखेपका सदस्य सतिव केशवकुमार विष्टले मंगलबार प्रकाश शमशेर राणा नेत्तृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैको लागि अन्त्य गर्न पत्रचार गर्दै ७ दिने अल्टिमेटम दिएको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा जिल्ला, प्रदेश छनोटमा समस्या आउने उल्लेख गर्दै तत्काल दुई तेक्वान्दो संघ मिल्न निर्देशन दिएको हो ।
केही दिनअघि ११०औं बोर्ड बैठकले विवाद समाधान गरी त्यो जानकारी अनिवार्य रुपमा उलब्ध गराउनु पर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समानधान गर्न राखेपले निर्देशन दिएको हो । विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्