फेवा महोत्सवको तयारी तिब्र

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १४ चैत

नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा चैत २९ देखि आगामी बैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित आयोजना हुन लागेको महोत्सवमा विशेष गरी देश विदेशमा प्रबद्र्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुती र विक्रीवितरण हुने छ । यसबाहेक गण्डकी प्रदेशका विभिन्न चार वटा खानालाई पनि सँगै प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

सेफ एशोसिएशनसँग मिलेर खानाको पक्षलाई महोत्सवमा विशेष जोड दिन लागिएको महोत्सव संयोजक तुलाचनले जानकारी दिए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले अहिले पोखराका होटलको अकुपेन्सी उत्साहप्रद नभएको भन्दै महोत्सवले केही रुपमा भए पनि पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रबद्र्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले संचालन गर्न लागिएको पराजुलीले सुनाए ।

महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्