दोश्रो आलु महोत्सव आज हुदै

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ३ चैत । “भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं” भन्ने नाराका साथ कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा आज दोश्रो आलु महोत्सब हुँदै छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हराभरा भागवती कृषक समूहका सचिव महेन्द्र पौडेल ले जानकारी दिय ।

हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिका कार्यालयको सह आयोजनामा हुने आलु महोत्सबमा चर्चित दोहोरी गायक राजु परियार, चर्चित दोहोरी गायक प्रजापती पराजुली, चर्चित दोहोरी गायिका सविना गुरुङ , चर्चित गायक पूर्ण गुरुङ लगायत का कलाकारहरुको प्रस्तुती रहने हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् ।
कृषि, पर्यटन र व्यवसायको पंर्वद्धन गर्दै यस क्षेत्रमा हुने कृषि उत्पादनलाई बजारीकरण गर्ने मूख्य उद्धेश्यका साथ दोश्रो आलु महोत्सवको आयोजना गरी निरन्तरता दिइएको मादी गाउँपालिका वडा नं.१२ का वडा अध्यक्ष कृष्ण दाहालले बताए ।
भगवती टारको जग्गा आलुका साथ साथै कृषि उत्पादनका लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको कृषि पकेट एरियाको रुपमा विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष दाहालले बताए ।
अर्गानिक आलु उत्पादन हुने भगवती टारको पहिचान गर्नुका साथै आगामी दिनमा प्रदेश तथा संघिय सरकारको आर्थिक सहयोगबाट मादी नदीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुका साथै अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको वडा अध्यक्ष दाहालले बताए ।
यस महोत्वसमा ४ जातका आलुका साथै तरकारी तथा कृषि उपभोग्य सामानको खरिद विक्री समेत हुने मादी गाउँपालिका वडा नं.१२ का वडा सदस्य लक्ष्मी गिरीले बताइन् ।
आलुका परिकारहरु, खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका रुपमा रहेको प्रचार प्रसार उपसमितिका संयोजक मिलन केसीले बताए ।
यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धि प्रसाद पौडले जानकारी दिए ।

भजन प्रतियोगितामा प्रथम पुरस्कार को प्रायोजन नेपाली काङ्ग्रेस मादी गाउपालिका का उपसभापती कृष्ण चन्द्र बरालले गरेक छन। त्यस्तै गरि द्वितीयत पुरस्कार पोखारा २८ का राम गुरुङ र पोखराका तुल बहादुर गुरुङ्ले प्रायोजन गरेक छन । यसै गरि नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य बैन बहादुर गुरुङ्ले तृतीय पुरस्कार र ओएसिस माध्यमिक बिद्यालयले सान्त्वना पुरस्कारको प्रायोजन गरेको कुरा सचिव पौडेलले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्