पोखराको बेगनासताल डुंगाघाट र मुस्ताङमा मृत फेला

  • ख-
  • ख+

पोखरा, २४ चैत । पोखरा महानरपालिका ३१ बेगनास डुंगाघाट एक शव फेला परेको छ । करिब ४० बर्षको देखीने हालसम्म नाम, थर ,वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीएको प्रहरीको भनाई छ ।
त्यसै गरि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ ताक्लिङमा एक शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ३७ वर्षको नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीको भनाई छ । दुबै घटनाको बारेमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्