लेखनाथ / २८ जेठ — पोखरा महानगरपालिका वडा नंं –२९ स्थित जनप्रकाश माविमा गणित विषक शिक्षकहरूको तिन दिने विशेष प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको छ ।
जनप्रकाश माविको आयोजनामा र पोखरा २९ वडा कार्यालयको आर्थिक सहयोगमा शक्षिक कार्यक्रम अन्तरगत कक्षा १० र कक्षा ८ मा अध्यापनरत शिक्षकहरुका लागि ३ दिने तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रशिक्षण्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षकहरूको पेशागत सीप अभिवृद्धि तथा शिक्षण गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा जन प्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले स्वागत गर्दे कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने गणित विषयका लेखक दयाराम सिमखडा, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक वेद प्रसाद ढकाल, नेपाल गणित संघ गण्डकी प्रदेशका अध्यक्ष स्थिर बाबु सुबेदी , गणित शिक्षा परिषद गण्डकीका अध्यक्ष वेद प्रसाद शर्मा र पेमनारायण पोखेल (पानी पोखेल) प्रशिक्षकको रुपमा रहनु भएको कुरा प्रधानाध्यापक शेखरनाथ शर्माले जानकारी दिनु भयो । ५० विद्यालयका १ सय भन्दा बढी शिक्षकहरुको सहभागीता रहको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन जनप्रकाश माविका गणित शिक्षक सोविम बरालले गर्नुभएको थियो ।