पोखरा महानगरपालिका वडा नं. ३० शिशुवा(साविक माझठाना सैर्य ) निवासी कृष्ण प्रसाद लामिछानेले आपफ्ना बुवा मित्रलाल लामिछाने र आमा मनरुपा लामिछानेको चौरासी पूजाको अवसरमा अक्षयकोषको स्थापना गर्नु भएको छ । शिहिबार आफ्ना बुबा र आमाको नामबाट मित्रमनरुपा अक्षयकोषको स्थापना गर्ने उद्धेश्य अनसुार लेखनाथ पत्रकार मञ्चाका अध्यक्ष विष्णुहरी पौडेललाई रु १० हजार प्रदान गर्नु भयो । लेखनाथ पत्रकार मञ्च र मित्रमनरुपा अक्षयकोषको तर्फबाट कृष्ण प्रसाद लामिछाने दुवैको संयाुक्त नाममा उक्त रकम बैंकमा जम्मा गरिने अक्षयकोषका संरक्षक कृष्ण प्रसाद लामिछानेले जानकारी दिनु भयो । सो रकमको व्याजबाट सीपममुलक तालिम सञ्चालन गरी युवा पुस्तालाई पत्रकारीता गर्न प्रोत्साहन गर्ने उक्त अक्षयकोषको उद्धेश्य रहेको लामिछानेले बताउनु भयो ।
लामिछानेका बुबा मित्रलाल लामिछानेका २ जना छोरा कृष्ण प्रसाद र राजु लामिछाने र बुहारीहरु शन्ति र पुण्यवती लामिछाने रहेका छन् । यसै गरी नातीहरु पवन , राजीव, रजनी, रानीया, सरल र सिरियाना रहेका छन् भने छोरी सिन्दु र ज्वाई शिव पौडेल उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।
हाल लेखनाथ पत्रकार मञ्को कोषाध्यक्ष समेत रहेका कृष्ण प्रसाद लामिछाने विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कर्यामा योगदान गर्दै आउनु भएको छ ।