काठमाडौं, श्रावण ३ । चम्सुरी क्रियसनले निर्माण गरेको नयाँ क्राइम थ्रिलर टेलिसिरियलको प्रोमो सार्वजनिक गर्ने भएको छ। चम्सुरी क्रियसन युट्युब च्यानलमार्फत प्रसारण हुने उक्त टेलिसिरियलको प्रोमो श्रावण ३ गते शनिबार काठमाडौको किर्तिपुर सिनेप्लेक्समा विशेष कार्यक्रमबीच सार्वजनिक गरिने कलाकार पल्पसा डंगोल “चम्सुरी ” पल्पसा डंगोलले जानकारी दिनु भयो ।
कार्यक्रममा तीज विशेष गीत ‘नाच्न मन लाइहाल्यो’ पनि सार्वजनिक गरिनेछ। सो गीतमा स्वर मेरी बास्सैका कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को रहेको छ भने शब्द तथा संगीत हेमन्त भट्टराईले तयार पार्नु भएको छ ।
सांगीतिक तथा दृश्य–विषयवस्तुमा आधारित यो संयुक्त कार्यक्रम दिउँसो १ः ३० बजेपछि सुरु हुनेछ।









