गाउँले मिडिया सम्बाददाता

लेखनाथ, १५ साउन । जागरुक नागरिक समाज कास्कीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सुशासन, विकास र समृद्धिका विषयमा वकृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न गरेको छ ।

प्रतियोगितामा त्रिभुवन शान्ति माबि पोखरा ३० का टंंकबहादुर चर्माले प्रथम स्थान हासिल गरेका थिए । त्रिवेणी पब्लिक स्कुलकी निश्मा गुरुङ्गले दितिय, लक्ष्मी आदर्श माविकी रोशन रावल तृतिय र अल्फा ऐकेडेमीकी रोजनी पुरीले सान्तोना स्थान हासिल गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको प्रतियोगितामा लेखनाथ क्षेत्रका माध्यमिक तह (कक्षा ९–१२) का २० विद्यालयका ४० छात्र–छात्राको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कास्की शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामाजिक विकृतिहरू हटाउन सबै तहका नागरिक सचेत हुनुपर्ने बताउनु भयो । “विद्यार्थी, शिक्षक र नागरिक समाजले मिलेर मात्र समाजलाई अगाडि लैजान सकिन्छ, उहाँले भन्नु भयो । “पुरस्कार भन्दा सहभागिता नै सफलताको मापदण्ड हो ।“ उहाँको भनाई थियो ।

जागरुक नागरिक समाज कास्कीका अध्यक्ष रामहरी ढुङ्गानाले सुशासन र समृद्धिका लागि सबै नागरिकलाई राष्ट्रिय झण्डा मुनि एकजुट हुन आह्वान नर्नु भयो । संस्थाले वृक्षारोपण, सचेतना कार्यक्रम, रक्तदान र कृषि क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर –२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा र सूचना विभाग प्रमुख एवं कार्यक्रम संयोजक लक्ष्मी प्रसाद ढुङ्गाना (एलपी) ले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

निर्णायक मण्डलमा नेपाली भाषा शिक्षक परिषद्को सूर्यप्रसाद लम्साल, शिवहरी सुवेदी र ऋषिकेश वराल रहनु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तोना हुने छात्रछात्रलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद पुरसकार, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।