लेखनाथ, साउन १९ । पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रमा रहेका उद्योगी ब्यबसायीको साझा र छाता संस्थाको रुपमा रहेको लेखनाथ उद्योग बाणिज्य संघका उद्योगी ब्यबसायीहरुलाई चुनाबी माहोलले छोईसकेको छ।
लेखनाथ उद्योग बाणिज्य संघको आगामी नयाँ नेतृत्वका लागि होडवाजी भएको छ । दुइ समूहमा ध्रुविकरणमा विभिाजित भइ विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेक्रमसँगै व्यवायीहरु माझ पुगेका छन् ।
संघको २९ औं साधारण सभा तथा १५ औं अधिवेशनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि अहिलेसम्म संघका बर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र बर्तमान महासचिव जानुका पराजुलीले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।
ओझाको प्यानलबाट अध्यक्षमा राजेन्द्र ओझा, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी ( राजु ) , प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ , द्धितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ , महासचिवमा जीवन तिवारी, उप–महसचिवमा लक्षमी प्रसाद ढुंगाना र कोषाध्यक्षमा टिकाराम सापकोटा रहनु भएको छ ।
यसै गरी सोही समूहबाट एसोसियट तर्फ भगवती हाइड्रो पावर डेभलपमेन्टका सञ्चालक इ. सागर मोहन भट्टराई रहनु भएको छ भने संस्थागत तर्फ पर्यटन व्यवसायी होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र भंडेल रहनु भएको छ कंडेललाई जानुका पराजुलीको समूहबाट पनि प्रस्ताव गरिएको छ । । यसै गरी खुल्ला सदस्यहरुमा लिस्नो टेक्नोलोजी एण्ड इनोभेसन प्रा.लि.का सञ्चालक इन्जिनियर किशोर अधिकारी, पावर हाउस बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङ , लेखनाथ अघौं बजरा व्यवथापन समितिका उपाध्यक्ष धनश्याम ढुंगाना रहनु भएको छ ।
यसै गरी संघका बर्तमान महासचिव जानुका पराजुली अधिकारीको समूहबाट अध्यक्षमा जानुका पराजुली अधिकारी , बरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य , द्धितीय उपाध्यक्षमा ध्रुव बाबु भट्टराइ, महासचिवमा भरत ओझा, उपमहासचिवमा गंगा मल्ल र कोषाध्यक्षमा हरि बस्तोकाटी रहनु भएको छ ।
यसपटक संघका हालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अध्यक्षमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ भने बर्तमान महासचिव जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा उम्मेदबारी घोषणा गरी ओझालाई चुनौती दिनु भएको छ ।









