गाउँले मिडिया सम्वाददाता
माझठाना, साउन २२ । पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कक्षा १२ मा अध्ययन गर्ने विद्याथीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रधानाध्यापक किरणबाबु न्यौपानेले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थी जीवनमा अनुशासनको महत्व हुने बताउनु भयो । विद्यार्थीहरुले विद्यालयको निति नियमको परिधिभित्र रहेर अध्ययन कार्य गर्न आग्रह गर्दै प्रधानाध्यापक न्यौपानेले सिनियर विद्यार्थीहरुले जुनियर विद्यार्थीहरुलाई सिकाउनुपर्नेमा जोड दिनु भयो ।
यसै गरी शिक्षक भेषराज सुवेदी, गोपी मायाँ गुरुङ लगायतले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै अध्ययनकार्यमा लगनसिल बन्न आग्रह गर्नु भयो ।
कक्षा १२ का विद्यार्थी प्रविन सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा ११ को तर्फबाट सबिन केसीले जुन विद्यालयबाट एस ई ई पास गरियो त्यही विद्यालयको कक्षा ११ मा अध्ययन गर्न पाउँदा खुशी लागेको बताए । विद्यालयमा शिक्षक , विद्यार्थी, अभिभावक र प्रशासन हातेमालो गरी शैक्षिक बातावरण बनाउने कार्यमा कक्षा ११ का विद्यार्थीहरु लागिपर्ने बताए । यसै गरी कक्षा १२ का विद्यार्थी बिराज गुरुङले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए ।
कक्षा १२ का विद्यार्थी शिशिर गुरुङले सञ्चालन गरेको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरेर स्वागत गरिएको थियो भने कार्यक्रममा कक्षा १२ का विद्यार्थी सुस्मिता कुंवर र सुप्रिया न्यौपानेले नृत्य प्रस्तुत गरेका थिए ।









