लेखनाथ, १२ भदौ । लेखनाथ उद्योग वाणिय संघको आगामी भदौ २० र २१ गते हुने अधिवेशनमा पहिलो पटक संघको नेतृत्वमा पुग्न महिला उम्मेदवार जानुका पराजुली अधिकारीको समूहले बिहिबार २३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएको छ ।
२९ औं साधारण सभा तथा १५ औं अधिवेशनका लागि जानुका पराजुली अधिकारीले बिहिबार लेखनाथमा पत्रकार सम्मेलनमार्फत आफ्नो टिमको घोषणा गर्नु भयो ।
“ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यक्ता” नारासहित पराजुलीको टिम आफ्ना मतदाताहरुको घरदैलोमा मत माग्न पनि गईरहेको सो अवसरमा उहाँले जानकारी दिनु भयो ।
यसपटक दुई प्यानलबीच प्रतिष्पर्धा हुने देखिएको छ भने संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दाविसहित आफ्नो टिम घोषणा गरेको पहिलो पटकको हो । यस विषयलाई सबै क्षेत्रबाट विशेष चासोकासाथ हेरिएको छ ।
घोषित टिमको अध्यक्षमा जानुका पराजुली अधिकारी, वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, दितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई आईडि, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहनु भएको छ ।
यस्तै, खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सेना, सन्दिप बुढाथोकी रहनुभएको जानकारी गराइएको हो । यसै गरी एसोसिएट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार रहनु भएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार अधिकारीले आफ्नो टिमले संघमा रुपा, मादी र साविक लेखानाथका सम्पूर्ण व्यवसायिहरुलाई एउटै छाता मुनि अटाउने गरी दायरा र वातावरण सिर्जना गर्ने मान्यता बोकेर अघि बढेको बताउनु भयो ।

“व्यावसायिक क्षेत्रमा थुप्रै समस्याहरु छन् , कतिपय समस्याहरु हामीहरुले सुल्झाउन सक्ने र कतिपय राज्यलाई घच्घच्याउनु र्ने खालका भएकोले हामी एकता र आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छौं , ” उहाँले बताउनु भयो । आफ्नो टिम अनुभवि, बौद्धिक, परिपक्व र समावेशी भएको बताउदै उहाँले नीतिगत कुरामा जोड दिनु भयो । समस्या सिर्जना गर्ने भन्दा पनि समस्या समाधानतर्फ आफ्नो समूह तल्लिन हुने बताउनु भयो ।
हाल अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको बताउले अधिकारीले राज्यका नीति, कर र राजश्वमैत्री नहुँदा मर्का परेको बताउनु भयो । सो अवसरमा उनले संघमा आवद्ध ८ बस्तुगत, ५० एशोसिएट र १९६१ साधारण सदस्य गरेर जम्मा २०१९ सदस्यहरुको विद्युतीय तथ्याङ्क प्रणालीबाट अभिलेखिकरण गरि संघलाई प्रविधिमैत्री बनाइने बताउनु भयो ।
संघका सदस्यहरुको डिजिटल परिचयपत्र नविकरणको व्यवस्था मिलाईने, उद्यमशिलता र स्वरोजगारका लागि तिनै तहका सरकारसंग समन्वय र तालिम सञ्चालन गरिने, परियो्जनाको तयारी सहायता कक्षको व्यवस्था गरेर व्यवसाय र उद्यमशिलताको प्रवर्धन गरने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशिलताका लागि पालिकाहरुसं)ग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने, स्थानिय उत्पादनलाई जोड दिदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी मेड ईन नेपालको अवधारणालाई प्राथमिकता दिईने अधिकारीले बताउनु भयो ।
संघका संस्थापक अध्यक्ष चन्दकृष्ण कर्माचार्य , निवर्तमान अध्यक्ष छत्रधर आत्रेयको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका वरिष्ट उपाध्यक्षका उम्मेदबार गोपीचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गर्दै आफ्नो समूहलाई सल्लाह, सुझाव दिएर संघको नेतृत्व गर्ने अवसर प्रदान गर्न उद्योग व्यवसायिहरु एवम् शुभचिन्तकहरुलाइृ आग्ह गर्नु भयो । अध्यक्ष पदका उम्मेदवार एवम् बर्तमान महासचिव जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संघको महासचिव पदका उम्मेदबार भरतराज ओझाले गर्नु भएको थियो ।