काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए । मन्त्री लेखकले अपुरणीय क्षतीको अनुमान पनि नभएको उल्लेख गर्दै अहिलेसम्म काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा भएको झडपमा कम्तिमा पनि १९ जनाको मृत्यु भएपछि उनको राजीनामा माग गरिएको थियो ।
“यो ठूलो घटना भयो, मैले नैतिकताका आधारमा जिम्मेवारी लिँदै म मन्त्री पदबाट ब्याक हुन्छु, हालसम्म सहयोगका लागि प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन्छु,” लेखकको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।