काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नु भएकाे छ ।  सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उहाँले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्नु भएकाे हाे ।

पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताउनु भयाे । निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उहाँले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताउनु भयाे । साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उहाँकाे दाबी छ।