लेखनाथ, असोज ११ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चिनिने पोखरा महानगरपालिका अन्तरगत बेगनासमा ४६ औं विश्व पर्यटन दिवस मनाइएको छ । लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनको आयोजनामा पोखरा ३१ बेगनास बराह मन्दिर परिसरमा शनिबार विश्व पर्यटन दिवस मनाइएको हो ।

आज बेगनासको नहरचोकदेखि बेगनासतालको मन्दरे पार्कसम्म शान्ति यात्रा गरी बराह मन्दिरमा एक कार्यक्रमका बिच विश्व पर्यटन दिवस मनाइएको एसोसियसनका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक शक्ति श्री तिवारीले जनानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नेपालमा सन १९८० देखि विश्व पर्यटन दिवस मनाईदै आइरहेको बताउनु भयो । नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले यूएनले नेपाललाइृ सकारात्न्मक दुष्टिकोणले हेरेको बताउनु भयो । पोखरा देशकै पर्यटनको राजधानी भनिएको बताउँदै लामिछानेले पर्यटन प्रवद्र्धनको चेतना अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप यूएनले तय गरेको नारा अनुसार देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यट दिवस मनाइरुहेको सन्देश अन्तराष्ट्रिय जगतमा प्रवाह गर्ने उद्धेश्यले पनि पर्यटन दिवस मनाइएको उहाँले बताउनु भयो । यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको विकासका लागि यस क्षेत्रका स्थानीयले गरकेो कार्यको प्रशंसा गर्दै पर्यटन बोडेले पनि यस क्षेत्रका सामाजिक संघ संस्थाहरु पर्यटन प्रर्वद्धन गर्न महत्व दिंदै सकेको सहयोग गरेको जानकारी दिनु भयो । यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने कार्यमा होटल तथा रेष्टुरेण्ट एसोसियसन तथा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु, स्थानिय सरकार लागयत सरोकारवालासँग पर्यटन बोर्ड सदैब साथमा रहेको बताउनु भयो ।
यसै गरी होटल तथा रेष्टुरेन्ट एसोसियसनका अध्यक्षबिरभद्र कंडेलले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्दै यस क्षेत्रमा पर्यटनको विकास गर्नलाई आन्तरिक पर्यटनको बिकास गर्न सकेमात्रै वाह्य पयृटन भित्रयाउन सकिने बताउँदै यस क्षेत्रका स्थानीयहरुलेनै आन्तरिक पर्यटनको बिकास गर्नको लागि स्वायम आफूबाट गर्नुपर्नेमा जोड दिनु भयो ।
होटल तथा रेष्टुरेन्ट एसोसियसनका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक शक्ति श्री तिवारीद्धारा सञ्चालन गरिएको कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एसोसियसनका पूर्व अध्यक्ष एवम् लेखनाथ उद्योग वाणिज्य संघका सल्लाहकार एवम् भ्रमण वर्षका सह संयोजक दामोदर भक्त थापाले धन्यवादन ज्ञापन गर्नु भएको थियो भने होटल तथा रेष्टुरेन्ट एसोसियसनका अध्यक्ष बिरभद्र कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।