लेखनाथ, २८ असोज ।
साना किसान कृषि सहकारी संस्था लि पोखरा २८ माझठाना को २० औं साधारण सभा तथा छैटौ अधिवेशनवाट रामकृष्ण तिवारी निर्वाचित हुनु भएको छ । यसै गरी उपाध्यक्षमा राधाकृष्ण घिमीरे, सचिवमा ईन्द्र बहादुर खत्री, कोषाध्यक्षमा नारायण लामिछाने निर्वाचित हुनु भएको छ । यसै गरी कार्यसमितिका सदस्यहरु समिर तिमिल्सेना, सविता कंडेल, अनिता भुर्तेल, राधिका पौडेल, राधाकृष्ण भुर्तेल निर्वाचित हुनुभएको छ ।
लेखासमितिको संयोजकमा सोमलाल तिवारी, मंगल बहादुर नेपाली र प्रकाश आचर्या निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक जिवन तिवारीले जानकारी दिनु भयो ।
यस अघि राष्टिय सहकारी महासंघ सञ्चालन समितिका सदस्य कमला पौडेलले सपना देखाउने सहकारी भन्दा सपना देख्ने सहकारी उत्तम हुन बताउनु भयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले कृषि सहकारी भनेको सपना देख्ने सहकारी भनेको कृषि सहकारी नै भएको दाबी गर्नु भयो । सरकारले किसानलाई विभिन्न शीर्षकमा सहुलित दरमा सहुलियत कर्जा कृषि सहकारी मार्फत वितरण गरेको बताउँदै पौडेलले कृषि सहकारीका सदस्यहलाई समुहगत विभाजन गरी समुहगत रुपमा छनौट भएर मात्र अधिवेशन गर्न सहज हुने सुझाव राख्नुभयो ।
यसै गरी सहकारीका पूर्व अध्यक्ष एवम् पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि सहकारी माझठानालाई चिनाउने मेरुदष्डको रुपमा रहेको बताउनु भयो । सहकारीका सदस्यहरु एउटै परिवारका सदस्यहरु भएको बताउँदै लामिछानेले सबै सदस्यहरु बिच आपसी एकता, सदभाव र एकताबाट नै सहकारीको उज्ज्वल भविष्य रहेको बताउनु भयो ।
यसै गरी पूर्व अध्यक्ष राधाकृष्ण तिवारी, सल्लाहकार सदस्य इन्द्र बहादुर थापा, र्पूव सल्लाहकार बिर बहादुर बुढाथोकी, पूर्व कोषाध्यक्ष सूर्यप्राश तिवारी लगायतले सहकारीका बारेमा आफ्नो बिचार राखेका थिए ।
सहकारकिा अध्यक्ष इन्द्र प्रसाद जैसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारीका सदस्य अनिता भुर्तेलले सहकारीका सात सिद्धान्त बाचन गर्न भएको थियो भने उपाध्यक्ष सीताराम तिवारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव हिमलाल आचार्यले गर्नु भएको थियो ।
निर्वाचन समितको संयोजकमा जिवन तिवारी, सदस्यहरुमा पूर्ण बहादुर खत्री र भोजराज भुर्तेल रहनु भएको निर्वाचन समितिका सदस्य पूर्ण बहादुर खत्रीले जानकारी दिनु भयो ।