लेखनाथ / २० कार्तिक । पोखरा महानगरपालिका वडा नम्वर २८ को माझठानामा रहेको रत्नसोभा मावि विद्यालय ब्यवस्थापन समितिमा पुन कृष्णप्रसाद तिमिल्सेना चयन हुनु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर २८ शिक्षा समितिका संयोजक तथा वडाअध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको वैठकले स्थानिय शिक्षा नियमावली,परिच्छेन्द ५ नियम २९ अनुसार आगामी तीन वर्षीय कार्यकालका लागि तिमिल्सेनालाई चयन गरिएको हो ।
प्रहरी सेवामा लामो अनुभव संगाल्दै पुर्व प्रहरी लेखनाथ ईकाइको अध्यक्ष,पुर्व प्रहरी प्रदेश कमिटीको सदस्य, लायन्स क्लव अफ लेखनाथका निवर्तमान अध्यक्ष , भरखरै मात्र लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित तिमिल्सेनाले यस अघि पनि कुशलता पुर्वक विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी सम्हाली सक्नु भएको हो ।
सर्वसम्वत रुपमा चयन भएको नौ सदस्यीय समितिको सदस्यहरुमा जनप्रतिनिधीको तर्फबाट वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, सदस्यहरुमा सन्तोष वास्तोला, अनिता भुर्तेल, रामचन्द्र तिवारी, मुना लामिछाने, महेश्वर अधिकारी, शिक्षक प्रतिनिधीमा शिक्षक पुर्ण वहादुर खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक किरणबाबु न्यौपाने रहनु भएको छ ।
यसैगरि सोही विद्यालयमा मंगलवहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ । जसको सदस्यहरुमा गोविन्द प्रसाद लामिछाने, हरिमाया गुरुङ, विरेन्द्र लामिछाने , निर्मला तिवारी, निर्मला परियार र शिक्षक प्रतिनिधिमा शिक्षक मनकला थापा रहनु भएको छ ।