गाउँले मिडिया सम्बाददाता
पोखरा, २९ कार्तिक
मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको २७ औं जिल्ला साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले आगामी कार्यकालका लागि सावित्री देवी सुवेदीको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । यसै गरी उप सभापतिमा दिवलाल लामिछाने , सचिवमा झलक प्रसाद तिवारी , सह सचिवमा ऋषिराम रानाभाट , कोषाध्यक्षमा रमेश परियार सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
यसै गरी सदस्यहरुमा गिताराज शर्मा चालिसे , शुक्रराज लामिछाने , सचिता थापा, डेकमाया श्रेष्ठ र बाबुराम न्यौपाने रहनु भएको निर्वाचन अधिकृत केदार ढकालले जानकारी दिनु भयो ।
यस अघि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकारी तथा शान्ति समाजका केन्द्रिय सचिव एवम् निर्वाचन पर्यवेक्षक तिर्थराज न्यौपानेले कास्की जिल्ला शाखाले छुट्टै पहिचान बनाएको चर्चा गर्नु भयो । शाखालाई यहाँ सम्म ल्याउन शाखाका कार्य समितिका पदाधिकारीहरु, पूर्व सभापतिहरु, आजिवन सदस्यहरु , साधारण सदस्यहरुको योगदान रहेको स्मरण गर्नु भयो । कास्की शाखाले समाजको विधान अनुसार नै केन्द्रको निर्देशन अनुसार कार्यक्रमलाई अगाडि बढाएको स्पष्ट पार्नु भयो ।
आफू सभापति हुँदा समाजको कुनै आँच आउने काम नगरेको जानाकारी दिंदै आगामी दिनमा पनि समाजको छबि नबिगार्ने गरी आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शाखाका सभापति सावित्रा देवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व केन्द्रिय सदस्य एवम् शाखाका सल्लाहकार सूर्य प्रसाद ढकालले कास्की शाखाको ऐतिहासिक पृष्ठभुकिाको बारेमा चर्चा गर्दै मानव अधिकार, लोकतन्त्र , शान्ति र अहिंसालाई आत्मसाथ गर्दै शान्ति समाजको स्थापना भएको स्पष्ट पार्नु भयो । विश्वमा नै शान्ति समाजको बिचार र धारणालाई चासो दिने गरेको बताउँदै शान्ति समाजका कार्य समितिका पदाधिकारीहरु लगायत आजिवन सदस्यहरु सबै जना समाजको मूल्य र मान्यतालाई पालना गर्दै आफ्ना आचराणलाई परिस्कृत गर्नुपर्ने सुझाव राख्नु भयो ।
यसै गरी समाजका सभापति सावित्री देवी सुवेदीले आफूले कार्यवाहक सभापतिको रुपमा दश महिनाको छोटो कार्यकालमा आफ्नो कार्यकाललाई सफल बनाउन लागिपर्ने कार्य समितिका पदाधिकारीहरु लगायत पूर्व सभापतिहरुको सहयोग प्रति आभार व्यक्त गर्नु भयो ।
यसै गरी समाजका सल्लाहकार विश्वलाल श्रेष्ठले आफू समाजको स्थापना काल देखि समाजलाई जिवन्त राख्न लागि परेको बताउँदै समाज यहाँसम्म आउँदा आफूलाई गर्व लागेको बताउनु भयो । सैद्धान्ति एवम् बैचारिक रुपमा केन्द्रसँग बहस गर्ने सक्ने क्षमता कास्की समाजसँग भएको आफूले पाउँदा आफूलाई खुशी लागेको बताउँदै नयाँ कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै गरी समाजकै सल्लाहकार शाखाका कुल बहादुर नेपालीले कास्की समाज विगतमा दुइ वर्ष लगातार उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको इतिहासको स्मरण गर्दै कास्की जिल्ला अरु शाखा भन्दा कम्जोर नभएको स्पष्ट पार्नु भयो । समाजको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै नियममा बसेर कार्य गरेको आफूले महशुष गरेको बताउँदै सोही अनुसार केन्द्रले व्यवहार गर्नुपर्ने धारणा राख्नु भयो ।
शाखाका पूर्व सभापति एवम् पूर्व केन्द्रिय सचिव धिरज थापाले समाजका नेतृत्वमा बस्ने पादधिकारीमा , सदस्यहरुमा सोचमा परिवर्तन हुन आवश्यक रहेको बताउँदै शाखामा आउने समस्या हामी आफैले समाधान गर्नुपर्ने सबैको दायित्व हुने बताउनु भयो । समाज एक परिवार भएको बताउँदै समाजका सबै सदस्यहरुलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो ।
त्यस्तै गरी समाजका साधारण सदस्य रमेश भट्टराइले संस्थाप्रति सबैले जिम्मेवारी बहन गर्न सके मात्र समाजको उद्धेश्य अनुसार अगाडि बढ्न सकीने धारणा राख्दै आगामी दिनमा सबैले आफ्नो कर्तव्य सम्झेर जिम्मेवारी वहन गर्नुपर्ने सुझाव राख्नु भयो । यसै गरी पूर्व सह सचिव रमा ढकालले समाजलाई जिवन्त राख्न सबैको उत्तिकै महत्वपूर्ण भुमिका हुने बताउँदै समाजका विज्ञ सल्लाहकारहरुको सल्लाह अनुसार समाजलाई जिवन्त राख्नुपर्ने कुरामा जोड दिंदै आगामी दिनमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा समाजका सचिव झलक प्रसाद तिवारीद्धारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष पार्वती बरालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचीव झलक प्रसाद तिवारीले गर्नु भएको थियो ।









