पोखरा / मंसिर २० । मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको आयोजनामा जेन्जी र नागरीक समाजको सहभागीतामा सार्थक नागरीक सम्वाद कार्यक्रम शानिवार सम्पन्न भएको छ ।
७७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा गत भदौ २३को दमन, हत्या र २४ गतेको ध्वंशका जिम्मेवारहरुलाई कारवाही गर भन्ने विषयमा नागरीक सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख वक्ता मानव अधिकारी तथा शान्ति समाज केन्द्रिय सस्थापक सभापति कृष्ण पहाडीले गत भदौ २३ मा भएको जेन्जी आन्दोलनको सुरुवात भएको बताउँदै जेन्जी आन्दोलनलाई अपारधीकरण गर्न राजनितिक दलहरु लागेको बताउनु भयो । राजनितिक दलहरु विदेशी, आइएनजीओ , एनजीओ को षडयन्त्रको नाम दिएर यसलाई अवैध गराएर फेरी स्थापित हुन लागेकोप्रति नागरीक समाज , जेन्जी लगायत सबै अभियन्ताहरुलाई सचेत गराउनु भयो ।
इतिहाँसबाट पाठ सिक्नुपर्ने बताउँदे पहाडीले २००७ सालमा राणा शासनको अन्त्य भएको तर फेरी नफर्केको बताउनु भयो । जेन्जीको विद्रोहले निकास दिने बताउँदे आगामी निर्वाचन निष्पक्ष, भयरहित वातावरणमा हुन नसकै नेपालमा पून ध्वंश हुने वातावरणप्रति सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । जिल्ला जिल्लामा भिडन्त गराउने प्रयत्न भइरहेको र यसलाई रोक्नुपर्ने बताउनु भयो । जेन्जी आन्दोलन भ्रष्टचार, कुशासन , संविधान विरोधी , नेताहरुको असफलताको कारणले भएको स्पष्ट पार्दै उहाँले जेन्जीको आन्दोलन स्वतन्त्रता र सुशासनको निम्ति भएको बताउनु भयो ।
चुनावमा जाँदा इतिहासले डामेका भ्रष्ट नेताहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिनु भयो । वर्तमान सरकारले भ्रष्ट नेताहरुलाई कारवाही गर्न अल्मलिएमा जेन्जीको हातबाट फुत्कने तर्फ सचेत गराउनु भयो । आर्थिक दण्डहिनता अन्त हुनुपर्ने बताउँदै दोषी ठरिएका नेताहरुलाई कानून अनुसार कारवाही हुनुपर्नेमा जोड दिनु भयो । जेन्जी आन्दोलनलाई अझै पनि प्रमुख राजनितिक दलहरुले स्वीकार नगरेको बताउँदै उहाँले उनीहरु टाउकोमा फोहोर राखेर चुनावमा गएको खण्डमा उनीहरु ज्नताबाट लखेटिने सम्भावना रहेको बताउनु भयो । नेपालमा भ्रष्ट नेताहरुको कारण सिण्डिकेट प्रणालीमा प्रवेश गरेको र त्यसको मार सारा नेपालीले आज भोगीरहेको बताउनु भयो । हाल नेपालको संक्रमणकाल लम्बिएमा सम्वेदनसिल निकायद्धारा गाइडेड डेमोक्रेसीमा प्रवेश गर्ने खतरा रहेको बताउनु भयो ।
संसद पूनरस्थापना हुनु भनेको आन्दोलनको विपरीत हुने बताउँदै चुनाव हुनुपर्ने र यसको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । नेपालमा कायम रहेको समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा राजनितिक स्थिरता नभएको बताउँदै यसले आर्थिक चलखेलका कारण भ्रष्ट भनिएका नेताहरुको नै हालिमुहाली भएको बताउनु भयो ।
सुसासन र स्थिरता कायम राख्नको लागि संविधान संसोधन गर्नुपर्ने र यसका लागि राष्ट्रिय सहमति हुन जरुरी रहेको र यकसो लागि जेन्जी युवा पुस्ताहरुले नेतृत्व गर्न सुझाव दिनु भयो ।
यसै गरी राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तोलाले मानव अधिकार उलंघनका घटनाहरु राष्ट्रिय मानव अधिकार आयोगले विगत देखि नै सचेत गराएको जानकारी गराउँदै शान्ति समाजले गरेको नागरकी सम्वाद कार्यक्रमको प्रशंसा गर्नु भयो ।
केन्द्रिय सचिव तिर्थ न्यौपानेले नेताहरु सुध्रिनुपर्छ भनेर पोखराबाटै २०८० सालमा नागरीक सम्वाद गरेको स्मरण गर्दै हाम्रो अधिकार सुनिश्चित गर्न आफै अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । जेन्जी आन्दोलनका दोषीलई कारवाही गर्नुृपर्ने र लोकतन्त्रको संरक्षणका लागि निर्वाचन हुनुपर्ने बताउनु भयो । त्यस्तै गरी मानव अधिकार तथा शान्ति समाज कास्की शाखाका सभापति सावित्रा देवी शर्माले उपस्थित सम्पूर्ण मानव अधिकार कर्मीहरुलाई धन्यवाद दिनु भएको थियो ।
गैह् सरकारी संस्थाका प्रतिनिधि बद्रि प्रसाद वाग्ले , मानव अधिकारकर्मी गिता लामिछाने , गण्डकी प्रदेश इन्सेकका प्रमुख गणेश भण्डारी, अधिवक्ता याम प्रसाद पौडेल, पोखरा नागरीक समाजका संस्थापक संयोजक राम बहादुर पौडेल, कास्की शाखाका पूर्व सभापति अमृत सुवर्णकार लगायतले गत भदौ २३ गते भएको दमन र हत्या र २४ गते भएको ध्वंशका दोषीहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिनु भयो ।
कास्की शाखाका सभापति सावित्रा देवी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेन्जीको तर्फबाट सरोज बास्तोला, ममता अधिकारी , सरोज पराजुली लगायतले जेन्जीको आन्दोलन नेपालीको भविष्य सुनिश्चित गर्न , देशमा सुशासन कायम राख्न , न्याय र समानताको लागि भएको स्पष्ट पार्दै आगामी दिनमा देशमा देशमा सुशासन कायम राख्न मानव अधिकारले जेन्जीलाई साथ दिन आग्रह गर्नु भयो । मानव अधिकार तथा शान्ति समाज कास्कीका उपसभापति दिपलाल लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव झलक प्रसाद तिवारीले गर्नु भएको थियो भने कार्यक्रम संयोजक एवम् शाखाका सह सचिव ऋषिराम रानाभाटले शाखाको अवधारणा पत्र वाचन गर्नु भएको थियो ।
मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रवद्र्धन र दण्डहीनता अन्त्यका लागि आवाज उठाउँदै आएको छ ।









