पोखरा / मंसिर २७ ।
अन्तराष्ट्रिय रोटरी क्लब डिष्ट्रिक ३२९२ अन्तरगत रहेको रोटरी क्लब अफ लेखनाथले आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयलाई सहयोग गरेको छ ।
क्लबले पोखरा २८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई १ थान वाटर प्युरिफायर र २ थान चिसो तातो पानी वाटर डिस्पेन्सर शनिवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
यस अघि हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष माधव प्रसाद बरालले क्लबले सामाजिक क्षेत्रमा गरेका कार्यको बारेमा चर्चा गर्दे सामुदायिक विद्यालयमा सानो सहयोग गर्न पाउँदा आफूलाई खुशी लगोको बताउँदै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि आवश्यकता अनुसार सञ्चालन गर्ने बताउनु भयो ।
यसै गरी क्लबका पूर्व अध्यक्ष इबिन्द्रराज तिवारीले रोटरी क्लबले गरेका सामाजिक सेवाका कार्यहरुको बारेमा जानकारी गराउँदै राेटरी क्लबबाट ३० हजार डलर भन्दा माथिका परियाेजनाका कार्यहरु पनि सम्पन्न गरेको बताउनु भयो ।
क्लबमार्फत सेवा गर्ने अवसर प्राप्त गर्नुनै आनन्द हुने बताउँदै आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा धेरै खुशी लागेको बताउँनु भयो ।
सन २०१० मा स्थापना  भएको क्लबले शिक्षा , बातावरण , स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गरेको जानकारी दिनु भयो ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले विद्यालयमा सहयोग गर्न गरेको आग्रहलाई क्लबले स्वीकार गरी यस सामुदायिक विद्यालयमा अध्ययन गर्ने बाबु नानीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर वाटर डिस्पेन्सर र वाटर प्युरिफायर सहयोग गरेकोमा क्लब परिवार र कार्यक्रमका संयोजक एवम् विद्यालयका पूर्व विद्यार्थी हरि बहादुर बुढाथोकीलाई धन्यवाद ज्ञापन गर्नु भयो । यस्ता सहयोग कार्यक्रमले विद्यालयमा अध्यययन गर्ने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले मानव जीवनमा स्वच्छ पानीको धेरै महत्वपूर्ण हुने बताउँदै विद्यालयमा अध्ययन गर्ने बाबु नानीहरुको स्वस्थ्यलाई मध्येनजर राँख्दै वाटर प्युरिफायर र वाटर डिस्पेन्सर सहयोग गरेकोमा क्लब परिवार प्रति अभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयो । यस विद्यालयबाट कक्षा १२ बाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिमा अध्ययन गर्न सहयोग गर्ने वडा नं.२८ का शिक्षा समितिका सदस्य , पूर्व विद्यार्थी हरि बहादुर बुढाथोकीलाई धन्यवाद व्यक्त गर्नु भयो ।
यसै गरी क्लबका पूर्व अध्यक्ष बद्रीनाथ पौडेलले क्लबका संस्थापक अध्यक्ष उमेश कुमार आचार्यले आफ्नो हजुर आमा हरिकुमारी आचार्यको स्मृतिमा राख्नु भएको अक्षयकोषबाट प्राप्त व्याज नगद १३ हजार त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातक तहमा अध्ययनरत मिलन ओझालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उक्त कार्यमा सहयोग गर्ने क्लबका पदाधिकारी लगायत सरोकारवाला सबैलाई धन्यवाद दिनु भयो ।

यसै गरी कार्यक्रम संयोजक एवम् क्लबका पूर्व अध्यक्ष हरि बहादुर बुढाथोकीले कार्यक्रमका बारेमा जानकारी गराउँदै स्वागत गर्नु भएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष मंगल बहादुर नेपाली, निबर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथी , भूतपूर्व विद्यार्थी मञ्चका संयोजक शुक्र शर्मा , सदस्य सूर्य बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य मुना लामिछाने र महेश्वर अधिकारी, अभिभावक लक्ष्मी विक र बेल बहादुर सुनार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश बरालले गर्नु भएको थियो भने क्लबका अध्यक्ष माधव प्रसाद बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।