पोखरा/ पुस १२ । यस वर्षको नवौँ रापती म्युजिक अवार्डमा गीतकार डा रमिल अधिकारीले सर्वोत्कृष्ट गीतकारको अवार्ड पाउन सफल हुनु भएको छ ।
काठमाडौँमा शुक्रवार सम्पन्न अवार्डमा गीतकार अधिकारीले “आऊ एउटा बाचा गरौँ” बोलको गीतबाट सुगम सङ्गीत तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड जित्नु भएको हो । हाल न्यूजिल्याण्डमा रहनु भएका अधिकारीको प्रतिनिधिको रूपमा प्रिया कार्कीले अवार्ड ग्रहण गर्नु भएको थियो । “३ करोड नेपालीको मायाको म सधैँ कदर गर्नेछु, र आगामी दिनहरूमा अझ उत्कृष्ट सृजनाहरू लिएर आउने प्रतिबद्धता व्यक्त गर्दछु” खुशी व्यक्त गर्दै डा.अधिकारीले सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने विभिन्न ४२ विधामा प्रदान गरिएको अवार्डमा सुगम सङ्गीत गायक तर्फको अवार्ड प्रमोद खरेललाई प्रदान गरिएको थियो ।
सामाजिक कार्य सँगै संगतको क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने डा.अधिकारीेले ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘ लगायतका गीत बजारमा ल्याउनु भएको छ भने “आऊ एउटा बाचा गरौँ” भन्ने बोलको गीतबाट यस अघि नै १२ औं म्युजिक अवार्डबाट सम्मानित हुनु भएको छ। विदेशमा बसेर पनि धार्मिक , सामाजिक , पर्यटनको क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन पहल गर्दै आउनु भएका डा.अधिकारीले भन्नु भयो, “गति संगितको माध्यमबाट राष्ट्रिय एकतालाई सुदृढ गर्दै भाषा , संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्छ । ”