पोखरा, पुस १२ । रूपा ३ स्थित माईमैदान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको छ ।
जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्ढारी र पोखरा ३१ निवासी मणिराम कंडेलले २५ जना विद्यार्थीहरूलाई संयुक्त रुपमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नु भयो ।
आफ्नो व्यक्तिगत रूपमा खर्च गरी थोरै भए पनि साना बाबु नानीहरुलाई सहयोग गरिएको भण्ढारीले बताउनु भयो ।
नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष समेत रहनु भएका भण्ढारीले आफूले पनि लामो समयसम्म सामुदायिक विद्यालयमा अध्यापन गरेको र विद्यार्थीहरूलाई थोरै भए पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने भएकाले सहयोग गरेको बताउनु भयो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहनु भएका भण्डारीले विभिन्न सामुदायिक विद्यालयहरुमा व्यक्तिगत रुपमा योगदान पु्याउँदै आउनु भएको छ । भण्ढारीले पोखरा २८ माझठानाको रत्नशोभा माध्यमिक विद्यालयको पुस्तकालकाय विकासका लागि १ लाख ५० हजार विजयराज ÷सिता अधक्षकोष समेत राख्नु भएको छ ।
यसै गरी नेपाल ट्रेड युनियन काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्ष मणिराम कडेलले विद्यार्थीहरुको भविष्य निर्माणका लागि प्रेरणा प्रदान गर्नका लागि सामग्री वितरण गरिएको बताउनु भयो । शान्ति आधारभूत विद्यालय, पोखरा–३० का प्रधानाध्यापक समेत रहनु भएका कडेलले यो सानो सहयोगले विद्यार्थीहरुलाई पढाइमा थप हौसला मिल्ने विश्वास लिएको बताउँदै कंडेलले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवेन्द्रकुमार श्रेष्ठले आफ्नो विद्यालयका विद्यार्थीका लागि सहयोगीदातको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा प्रधानाध्यापक अमरबहादुर विश्वकर्मा र पूर्वप्रधानाध्यापक भरत केसीले पनि दाताहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।