लेखनाथ, पुस १५ । कविशिरोमणि जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम अन्तरगत आज मंगलबार १४२ औं लेखनाथ जयन्ति सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगका प्रमुख धनराज आचार्यले यस क्षेत्रमा धेरै साहित्यीक स्रष्टाहरुले जन्म लिएको क्षेत्र भएकाले यस क्षेत्र साहित्यका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताउँनु भयो ।
अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रख्या भएका साहित्य क्षेत्रमा शिरोमणी उपाधि प्राप्त गर्ने कवि लेखनाथ पौडेलको जन्मथलोलाई तिर्थस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
साहित्य क्षेत्रको रुपमा विकास होस् भन्ने आफ्नो चाहना रहेको बताउँदै प्रमुख आचार्यले यस क्षेत्रलाई व्यवस्थित र आर्कषित गन्तव्य बनाउन कविको पूर्णकदको शालिक सहित यस स्थानलाई व्यवस्थित बनाइएको जानकारी दिनु भयो । कवि प्रति श्रद्धासुमन गर्ने स्थलको रुपमा विकास भएको बताउँदै प्रमुख आचार्यले साहित्यीक क्षेत्रको रुपमा विकास गर्नको लागि स्थानीय संघ सस्थाहरुको पनि साथ सहयोगको आवश्यक पर्ने र यसको लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले रचना प्रस्तुत गर्दै यस क्षेत्रलाइृ साहित्यीक क्षेत्रको रुपमा विकास गर्न संघिय सरकार र प्रदेश सरकारले अपनत्व लिएको खण्डमा राम्रो हुने बिचार व्यक्त गर्नु भयो । यसै गरी साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेलले मानसिलाई आनन्द , र ज्ञान दिने साहित्य भएको आफूले बुझेको बताउँदै कविको जन्मथलाको बासिन्दाको रुपमा गर्व गर्न निम्ति सबैले यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनु भयो । यस क्षेत्रलाई होम स्टेको रुपमा विकास गर्न सके यस क्षेत्रको चर्चा स्वदेशमा मात्र नभइ विदेशमा पनि हुने र यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराइले यस क्षेत्रलाई लेखनाथ साहित्य ग्रामको क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै कवि सहअस्तित्वमा विश्वास गर्ने, नारी शिक्षालाई जोड दिने व्यक्ति भएको व्यक्त गर्दै कविको बारेमा चर्चा गर्नु भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, साहित्यीक व्यक्तित्व हरिदेवि कोइराला , सम्मानित व्यक्तित्वहरु गंगा कर्मचार्य पौडेल, नवराज अधिकारी गायक शिवहरी ढुंगाना, शोभाकर घिमिरे सम्मानित व्यक्तित्व पत्रकार कविराज खनाल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष सन्दिप पौडेल, सचिव रामशरण नेपाली लगायतले अ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
कवि शिरोमणी लेखनाथ जन्मथलो विकास समितिकाका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले स्वागत गर्दै कविको स्मरणमा रचना प्रस्तुत गर्नु भएको थियो ।
साथै उक्त अवसरमा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविका बलिसा खनाल, रिलायन्स पब्लिक स्कुलका निष्ठा भट्टराइ, जिसिएका सुरक्षा बराल र लिटल फ्लावर एकेडेमीका सुदिक्षा पौडेललाई क्रमश प्रथम, द्धितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो ।
उक्त अवसरमा कुन्तिदेवि छात्रवृत्ति अन्तर्गत लेखनाथ आधारभुत विद्यालय र कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिनुका साथै लेखनाथ सांस्कृति पुरस्कारबाट नवराज अधिकारी, लेखनाथ साहित्य प्रतिष्ठानबाट घनश्याम कंडेल, कुन्तिदेवी साहित्य पुरस्कारबाट गंगाकर्माचार्य पौडेल र मधुमायाँ ढकाल शिक्षा पुरस्कार बाट जनज्याती मावि कालिका एस ई ई २०८१ की उत्कृष्ट छात्रा स्वेच्छा खड्का लाई पुरस्कृत गरिएको थियो ।
कविराज खनाल स्मीतालाई स्मीता अधिकाीलाई लेखनाथ पत्रकारीता पुरस्कार
१४२ औं लेखनाथ जयन्तिकै अवसरमा लेखनाथ पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिएको कुरा लेखनाथ पत्रकार मञ्चका सचिव रामशरण नेपालीले जानकारी दिनु भयो । लेखनाथ पत्रकार मञ्चद्धारा स्थापी पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैया रहेको थियो ।
लेखनाथ क्षेत्रमै रहेर कम्तिमा १० वर्ष समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आइएको मञ्चका अध्यक्ष विष्णुहरी पौडेलले सो अवसरमा जानकारी दिनु भयो ।
यसै गरी यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई सोही अवसरमा प्रदान गरिएको छ ।
लेखनाथ पत्रकार मञ्च कास्कीले सञ्चालन गर्नेगरी गत वर्ष पोखरा ३० का शेरबहादुर विष्णुमाया गुरुङबाट स्थापित शेर विष्णु पत्रकारिता पुरस्कार यसपटक अन्नपूर्ण पोष्टको अंग्रेजी संस्करण दि अन्नपूर्ण एक्सप्रेसकी पोखरा संवाददाता स्मीता अधिकारी तिवारीलाई प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो । उक्त पुरस्कारको राशी ५ हजार र सम्मान पत्र रहेको थियो ।











