पोखरा / माघ ११ । एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को गभर्नरमा थिर बहादुर थापा निर्वाचित हुुन भएको छ । एलायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट १०५५ को पदस्थापना कार्यक्रमले पोखरा १६ लामाचौर निवासी थापालाई सर्वसम्मत रुपमा निर्वाचि गरेको हो ।
यसै गरी प्रथम भाइस गभर्नरमा तनहुँ दुलेगौंडका डा. लक्ष्मण तिम्सिना, द्धितीय भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेल निर्वाचित हुनु भएको गभर्नर थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेनाले एलायन्स क्लव सामाजिक र मानवसेवामा समर्पित संस्था भएकाले यसको सदस्य हुनुमा गौरव रहेको बताउनुभयो ।
सोही कार्यक्रममा विशेष अतिथि एलायन्स इन्टरनेसनलका फाउन्डर प्रेसिडेन्ट एली थिरुपति बुद्धराजुले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एलायन्सको मुख्य उद्धेश्य रहेको बताउँदै एलायन्सका सदस्यहरुले अनुशासनको पालना गर्नुपर्नेमा जोड दिनु भयो ।
नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर थिरबहादुर थापाले समाजमा अवसर नपाएका व्यक्तिहरुलाई सामाजिक सेवाले आफुलाई आत्म सन्तुष्टी प्रदान गर्नुका साथै नेतृत्व विकास, आपसी भाईचारको सम्बन्धमा समेत प्रगाढ गर्ने बताउनु भयो ।
भारत लगाएतका २२ देशका बजारमा व्यवसायिक साझेदारीका अवसरहरुको सम्पर्क रहने, अध्ययन गर्न वा औषधी उपचारका लागी भारत जाँदा एलाएन्सको सहजीकरणबाट सहज हुने पनि उहाँले सो अवसरमा बताउनु भयो । न्युन शुल्कमा अन्तर्राष्ट्रिय सदस्यता प्राप्त गर्न सकिने कुराको पनि उहाँले जानकारी गराउनुभयो ।
एलायन्स इन्टरनेसनल डिस्ट्रिक्ट १०५ का गभर्नर एली उषारानी अतलुरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेसनल भाइस प्रेसिडेन्ट एली के राजेश्वर रावले एलायन्स क्लवका पदाधिकारीलाई सपथ तथा पदस्थापन गराउनुभएको थियो भने एलायन्स नेपालका पूर्व मल्टिपल चेयरपर्सन एली नन्दराज पोखरेल, लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालका द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर तेजनारायण पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
एलाएन्स क्लब १०५५ का प्रथम भाइस गभर्नर डा. लक्ष्मण तिम्सिनाले स्वागत गर्नु भएको कार्यक्रममा मुस्ताङ, बागलुङ, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, चितवन र कास्कीमा रहेका ४३ भन्दा बढी क्लवका ५०० भन्दा बढी पदाधिकारीको पदस्थापना गराइएको थियो ।
कार्यक्रममा क्रिस्टल स्कुल लेकसाइड र पोखरा मन्टेश्वरी स्कुल लामाचौरका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
हाल एलायन्स क्लव इन्टरनेसनलको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । यो संस्था नेपाल लगाएत २२ राष्ट्रमा संजाल फैलिएको छ ।
सदस्य बिचमा सामान्य खर्चमा मात्र समाजसेवा गर्ने लक्ष्यले एलायन्स क्लवको स्थापना सन २००८ मा भारतको केरलामा भएको थियो भने नव निर्वाचित सचिव एली ताराप्रसाद पोखरेल र एली शंकरबहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गनुभएको थियो ।









