लेखनाथ / माघ १९ । पोखरा महानगरपालिका वडा नं.३१मोहरीया निवासी डा. रमिल अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा सामुदायिक विद्यालयमा आर्थिक सयहोग गर्नु भएको छ ।
आफ्नो छोरा अंश अधिकारीको जन्म दिनका अवसरमा पोखरा २८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा. अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गर्नु भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो ।
विदेशमा बसेर पनि सांस्कृतिक क्षेत्र र विभिन्न सामाजिक तथा मानविय सोवाका कार्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाउने प्रयास गर्दै आउनु भएका डा.अधिकारीले आफूले गरेको सानो सहयोगले विद्यार्थीको पढाईमा हौसला मिल्नुका साथै समग्र शैक्षिक क्रियाकलाप सञ्चालन गर्न थप टेवा पुग्ने विश्वासका साथ आर्थिक सहयोग गरेको बताउनु भयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको बताउँदै हाल न्यूजिल्याण्डमा रहनु भएका डा. अधिकारीले आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्दा आनन्द आउने र प्रभावकारी हुने बताउनु भयो । आजका युवा अनावश्यक फजुल खर्च गरेर तडकभडकमा लागेकोप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले त्यस्ता युवाहरुलाई सकारात्मक सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनु भयो । यसका लागि गीतनकार प्रतिष्ठान नेपाल लागिरहेको अधिकारीले बतानु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले सहयोग रकम ग्रहण गर्दै प्रधानाापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नु भयो । जुन उद्धेश्यका साथ आर्थिक सहयोग गरिएको छ त्यसै अनुरुप खर्च गरिने बताउँदै सानो बाबु अंश अधिकारीको सु–स्वास्थ्यको कामना व्यक्त गर्दै जन्मदिनको शुभककामना व्यक्त गर्नु भयो ।
यसै गरी मादी भगवती ल फर्मका सञ्चालक एवम् पूर्व विद्यार्थी बुद्धिप्रसाद सुवेदीले आफूले शिक्षण पेशा गर्दाको अनुभव व्यक्त गर्दै सामुदायिक विद्यालय भनेको सबैको साझा चौतारी भएको हजुरवुवाले नातीको तर्फबाट सामुदायिक विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । आगामी दिनमा यस विद्यालयलाई सक्दो सहयोग गर्ने सो अवसरमा सुवेदीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले स्वागत गर्दै विदेशमा कर्मथलो बनाए पनि आफ्नो मातृभुमिलाई माया गरी विद्यालयमा सहयोग गर्ने डा.अधिकारीलाई धन्यवाद व्यक्त गर्दै बाबु अंशको सु–स्वास्थ्य एवम् दिर्घायुको कामना गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गर्नु भएको थियो ।