लेखनाथ / माघ २३ ।
.भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीको आयोजना तथा पोखरा २८ माझठाना स्थित रत्नशोभा मा.वि.को व्यवस्थापनमा जुनोटिक रोगबारे स्कुल शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जुनोटिक रोगबारे स्कुल शिक्षा कार्यक्रम अन्तर्गत प्रतिजैविक प्रतिरोध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला भेटेरिनरी कार्यालय कास्कीका प्रशासन प्रभुख डा.ग्रिष्म न्यौपानेले एन्तिवायोटिकको आविस्कार, प्रतिजैविक प्रतिरोध , प्रतिरोध क्षमता विकास हुने तरिका विषयमा प्रशिक्ष दिनु भएको थियो । प्रशिक्षाण कार्यकार्यममा डा.न्यौपानेले एन्तिवायोतिक उचित तरिकाले प्रयोग गर्ने तरिकामा जोड दिंदै डक्टरको सिफरिसमा मात्र एन्टिवायोतिक औषधी गर्नु गर्नुपर्नेमा जोड दिनु भयो ।, व्यक्तिगत सरसफाइ, सफा वातावरण राख्न सके प्रतिजैविक प्रतिरोध लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।
यसै गरी सोही कार्यक्रममा प्रशिक्षक डा. आशिष गौतमले जुनोटिक रोगको बारेमा स्पष्ट पार्दै अधिकांश रोगहरु १००मा ७५ प्रतिशत रोग जनावरबाट मानसिमा सर्ने तथ्याङ्क प्रस्तुत गर्नु भयो । अहिले हालै देखिको निफा भाइरस, विगतको कोभिड लगायतका महामारी रोगहरु जनावरबाट सर्ने स्पष्ट पार्नु भयो ।
प्रत्यक्ष सम्पर्कबाट , खानाकाको माध्यमबाट , हावा र पानीको माध्यमबाट , साना किराहरुको टोकाईबाट रोगहरु सर्ने कुराको स्पष्ट पार्नु भयो । यसै गरी रोगका लक्षणहरु , रोगबाट बच्ने. उपायहरु लगायतका विषमा स्पष्ट पार्नु भएको थियो ।
यसै गरी विद्यालका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले प्रशिक्षाण कार्यक्रम अतन्तै सादर्भिक र महत्वपूर्ण भएको भनाई राख्दै धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै गरी शिक्षक प्रतिनिधि विद्यालय व्यव्साथपन समितिका सदस्य पूर्ण बहादुर खत्रीले उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई धन्यवदा ज्ञापन गर्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । तालिममा सिकेका कुरालाई आफ्नो टोलमा लागु गर्न सके तालिमको ओचित्य हुने व्यक्त गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी विद्यार्थीहरुको तर्फबाट कक्षा १२ की छात्रा सुस्मिता कुँवरले प्रशिक्षाण कार्यक्रम धेरै उपयोगी भएको बताएकी थिइन् भने कार्यक्रमको संयोजन भू.पु.विद्यार्थी मञ्च कार्यसमितिका सदस्य चित्र नेपालीले गर्नु भएको कुरा सुचना अधिकारी भेषराज सुवेदीले जानकारी दिनुभयो ।