लेखनाथ / माघ २४ । लायन्स क्लब अफ पोखरा हिमालयनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ ।
अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हिमालयनले पोखरा २८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा खाद्यान्न सामग्री वितरण गरेको हो ।
क्लबका अध्यक्ष कविन्द्रमान पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस विद्यालयमा अध्ययन गर्ने कक्षा ८ , ९ र १० विद्यार्थीहरुलाई दिवा छात्रवास कार्यक्रम व्यवस्थापन गरी बिहान र बेलुका अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम सबैको सहयोगले आज यहाँसम्म आउन सफल भएको बताउनु भयो ।
लायन्स क्बल अफ पोखरा हिमालयनको सहयोगले विद्यालयमा शैक्षिक क्रियाकलापलाई अगाडि बडाउन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुृभयो । यस विद्यालयका शिक्षकहरुले, अभिभावकहरु, व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरुको विश्वास जितेर अध्यापन गर्नु भएको धारणा व्यक्त गर्दै विद्यालयले प्राप्त गर्ने सफलता सबैको अपनत्व हुने व्यक्त गर्नु भयो ।
आगमी दिनमा यस सामुदायिक विद्यालयमा समय सापेक्ष अनुसारको प्रविधिको माध्यमबाट विद्यार्थीहरुलाई अध्यापन गनुपर्नेमा जोड दिदै क्लबको यो प्रेरणादायिक सहयोगले यस विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गनुृ भयो । सहयोगी संस्था लायन्स क्लब अफ पोखरा हिमालयन परिवारलाई वडा अध्यक्ष लामिछानेले धन्यवाद व्यक्त गर्नु भयो ।
यसै गरी क्लबका प्रथम उपाध्यक्ष कविन्द्रमान पालिखेले क्लबले ग्रामिण भेगको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको व्यक्त गर्नु भयो । क्लबका सदस्यहरुले व्यक्तिगत खर्चबाट खाद्यान्न सामग्री व्यवस्थापन गरी लक्षित वर्गमा वितरण गरिएको बताउँदै कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने क्लबका सम्पूर्ण सदस्यहरुमा अभार व्यक्त गर्नु भयो ।
यसै गरी विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले विद्यालयमा दिवा छात्रवास र आवासिय छात्रवास कार्यक्रम सञ्चालन भइरहेको अगत गराउँदै लायन्स क्लबले पवित्र मनले गरेको खाद्यान्न सामग्री सहयोगले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न हौसला मिलेको बताउनु भयो । यस सहयोग प्रति सिंगो क्लब परिवारप्रति आभार प्रकट गर्दै सहयोगी दाताहरुले गरेको सहयोगलाई उर्जाको रुपमा लिंदै आगामी दिनमा शैक्षिक कृयाकलापलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी क्लबका संस्थापक अध्यक्ष दिनेश शंकर पालिखेले क्लब स्थापना भएको २८ वर्षमा क्लबका सदस्यहरुको आपसी सहयोगले पोखरा २८ मा रहेको विद्यालयमा शैक्षिक गुणस्तरमा थप बृद्धि गर्न टेवा पुग्ने विश्वासका साथ खाद्यान्न सामग्री वितरण गरिएको बताउँदै क्लबले वातावरण , स्वास्थ्य , शिक्षा, आपत विपत लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनु भयो ।
यसै गरी क्लबका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक रेशम बहादुर थापाले छिमेकी वडामा रहेको सामुदायिक विद्यालयमा सहयोग गर्नु पर्छ भन्ने उद्धेश्यका साथ क्लब मार्फत निर्णय गरी यस विद्यालयलाई छनौट गरिएको जानकारी दिनु भयो ।
क्लबले यस विद्यालयमा मितेरी सम्बन्ध जोड्न पाएकोमा खुशी व्यक्त गर्दै क्लबका सदस्यहरुको आफ्नो व्यक्तिगत पकेटबाट ४८ हजार ५७५ बराबरको खाद्यान्न सामग्री व्यवस्थापन गरी सामाजिक उत्तरदायित्तत्व अन्तर्गत सहयोग गरिएको बताउनु भयो । आफू सि ई ओ हुँदा यस क्षेत्रमा आफूले सक्दो सहयोग गरेको स्मरण गर्दै यस विद्यालयका हरेक गतिविधिमा आफू नजिक रहेकाले आगामी दिनमा पनि आफ्नो तर्फबाट पनि सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र तिवारीले आफू समितिको सदस्य भएर आउँदा विद्यालयमा थप शैक्षिक सुधार गर्ने उद्धेश्यका साथ कक्षा ८ , ९ र १० का विद्यर्थीहरुलाई बिहान र बेलुका अतिरिक्त कक्षा सञ्चालन सहित बिहानको खानाको पनि व्यवस्थापन गरी सञ्चालन गरिएको जानकारी दिनु भयो । विद्यालयका पूर्व विद्यार्थीहरु, शिक्षाविदहरुको सहयोगबाट नै यहाँ सम्म आउन सफल भएको तिवारीले बताउनु भयो । यस कार्यक्रमलाई सहयोग गर्न आफूले गरेको आग्रलाई स्वीकार गरी सहयोग गर्नु भएकोमा क्लबका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक रेशम बहादुर थापा र क्बलबका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुाई धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी भएमा आगामी दिनमा कक्षा ५ देखि नै यो कार्यक्रम सञ्चालन गरी शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नू भएको थियो भने क्लबका सचिव कृष्ण मानन्धरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।