लेखनाथ / माघ २६ । पोखरा महानगरपालिका वडा नंं२८ माझठाना स्थित किरातेश्वर महादेव मन्दिर पाति चढाउने वसाह ढुङ्गामा शिवरात्री विशेष कार्यक्रम हुने भएको छ ।
शिवरात्रीका अवसरमा फागुन ३ गते किरातेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा शिवरात्री विशेष कार्यक्रमको आयोजना गरिएको समितिका सचिव लालमोहन तिवारीले जानकारी दिनु भयो ।
पाति चढाउने वसाह ढुङ्गाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान रहेको तिवारीले बताउनु भयो । तिवारीका अनुसार बसाह गोरुको आकृतिमा रहेको ढुङगामा आवत जावत गर्ने मानिसले पाती चढाउने गरेको र उक्त स्थानमा बिवजीको वास रहेको मान्यता रहेको छ ।
प्रत्येक वर्ष सदविज छर्ने र शिवारत्रीमा विशेष कार्यक्रम गरिंदै आएकोमा यस वर्ष पनि शिवरात्री विशेष कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
पछिल्लो पटक पर्यटनसँग समेत जोडिएको उक्त स्थानमा विशेष पौराणिक तथा धार्मिक महत्व बोकेको किरातेश्वर महादेव मन्दिरमा विशेष कार्यक्रम मार्फत सिंगो समुदायलाई जोड्ने प्रयास गरिएको सचिव तिवारीले जानकारी दिनु भयो ।
शिवरात्री विशेष कार्यक्रममा शिवलिङ्गमा दूध, जल चढाउने , ब्रमाह्ण पाठ, बेदपाठ , रुद्री पाठ गरिने र साँझ भजन किर्तन समेत हुने समितिका अध्यक्ष कमल गुरुङले जानकारी दिनु भयो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री विशेष पर्वमा उपस्थित हुन सम्पूर्ण श्रदालु भक्तजनमा अध्यक्ष गुरुङले आग्रह गर्नु भएको छ ।