पोखरा / फागनु ४ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौर्य स्थित साना किसान कृषि सहकारी संस्था लि.मा १ दिने व्यवसायिक कुखुरा पालन तालिम सोमबार सम्पन्न भएको छ ।
सहकारीको आयोजना तथा ग्लोबल एग्रो प्रोडक्ट प्रा.लि र बिहान पोल्ट्री सप्लायर्सको प्राविधिक सहयोगमा सहकारीका सदस्यरुतरको तालिम दिइएको हो ।
तालिमका प्रमुख प्रशिक्षक डा.अजयराज ओझा र प्रशिक्षक डा.किरण भण्डारीले कुखुराको खोर निर्माण, कुखुरामा रोग लाग्दा देखिने लक्षणहरु, औषधी उपचार, कुखरालाई दिइने दाना, कुखरालाई मौसम अनुसार हेरचाह गर्ने तरिका लगायतका विविध विषयमा तालिम दिनु भएको थियो ।
सहकारीका शिक्षा उपसमितिका संयोजक एवम् कायक्रम अध्यक्ष अनिता भुर्तेलले कार्यक्रममा उपस्थित सम्पूर्ण किसानलाई धन्यवाद ज्ञापन गर्दै व्यवहारिक रुपमा कुखरा पालन गर्दै आएका किसानलाई यस किसिमको तालिमले व्यवसायिक रुपमा कुखरा पालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । संस्थाका सदस्य किसानहरुलाई व्यवासायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गर्ने सो अवसरमा उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी संस्थाका सल्लाहकार एवम् पोखरा २८ कृषि सञ्जालका अध्यक्ष राधाकृष्ण तिवारीले कृषि तथा पशुपालन क्षेत्रमा सहकारी संस्थाले बिसेस ध्यान दिनु पर्ने र यस्ता खालका कार्यक्रम किसानको क्षमता बृद्धी हुने हुदा यस्ता कार्यक्रमको आवश्यकता महशुस भएको जानकारी दिनु भयो ।
सोही कार्यक्रममा बिहानि पोल्ट्री सप्लार्यसका सञ्चालक भोलानाथ ओझाले हाल कुखुरा पालन ब्यवसायका अवसर र यसका चुनौतीका बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाले आयोजना गर्ने यस्ता किसानमुखी कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
संस्थाका प्रबन्धक एवम् तािलमका सहजकर्ता रबि रानाभाटले कार्यक्रमबारे पार्नु भएको थियो । संस्थाबाट प्रवाह हुने कृषि कर्जा , संस्थाले गरिरहेका वित्तिय कारोबारका बारेमा प्रबन्धक रानाभाटले जानकारी दिनु भयो । यस तालिमबाट किसानलाइृ आगामी दिनमा कुखरा पालन व्यवसायबाट उत्पादनमा वृद्धि भई आयआर्जनमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।
सहकारीका शिक्षा उपसमितिका संयोजक अनिता भुर्तेल बजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका सञ्चालक समितिका सदस्य सोबिता कंडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहकारी सञ्चालक समितिका सचिव इन्द्रबहादुर खत्रीले गर्नु भएको संस्थाका प्रबन्धक रानाभाटले जानकारी दिनु भयो ।









