शान्ति खनाल द्धारा लेउवा संघ सदस्य पदको उमेदबार नरहेको जानकारी

  • ख-
  • ख+

लेखनाथ, असोज १ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १३ औं महाधिवेशनको कार्य समिति सदस्यको पदमा उमेदवारी दिनु भएकी शान्ति खनालले शुक्रबार एक बक्तव्य जारी गरी आफू सदस्य पदको उमेदवार नभएको जानकारी दिनु भएको छ ।
विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहनु भएकी खनालले आफू सँधै सहमती र सहकार्यको पक्षमा रहेको र सम्पूर्ण उद्योगी व्यवसायीहरुको बृहत्तर हितका निम्ति आफू कटिबद्ध रहेको पनि आफ्नो बब्तव्यमा उल्लेख गर्नुभएको छ । आज सम्म आफूलाई सल्लाह सुझाव दिने उद्योगी व्यवसायीहरुप्रति आभार प्रकट गर्दै आगामी दिनमा सबै उद्योगी साथीहरुसँगै रहेर उद्योगी व्यवसायी साथीहरुको हकहितका लडिरहने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको आज उद्ध्घाटन सत्र सम्पन्न भएको छ भने भोली शनिबार विहान ७ बजे देखि ४ बजे सम्म अध्यक्ष वाहेक अन्य पदमा निर्वाचन हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्