नागरिक परोपकार समन्वय सस्थाद्धरा लेउवा संघको टोलिलाई सम्मान

  • ख-
  • ख+

लेखनाथ, असोज ६ । लेखनाथ उद्योग वाणिज्य संधको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशनबाट निर्वाचित टिमलाई पहिलो पटक बुधबार नागरिक परोपकार समन्वय सस्थाले बधाई तथा सम्मान गरेको छ ।
संघको निर्वाचनमा निर्वाचित पदाधिकारी, सदस्य,सस्थागत सदस्य र एशोसियट सदस्यहरुलाई सस्थाको कार्यालयमा सामुहिकमा सम्मान गर्दै सफल कार्यकालको शुभकामन प्रदान गरिएको हो ।
कार्यक्रममा नव निर्वाच अध्यक्ष छत्रधर आत्रेयले सवैको साथ र सहयोगले संघ यो अवस्था सम्म आएकाले आगामी दिनमा संघको गरिमालाई बचाई राख्न यहाँ रहेका सामाजिक संघ सस्थाहरु संग समोन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले निर्वाचनमा चुनाव जित्न विभिन्न पक्षहरु संग गरिएको एकता,प्रचारवाजी तथा सहकार्यलाई एक ठाउमा राखेर संघलाई विशुद्ध सामाजिक सस्थाको रुपमा विकास गराउनु पर्ने सुझाव राख्नु भएको थियो । सस्थाका उपाध्यक्ष चिरञ्जीवि तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन सदस्य भीम कुमारी गर्वुजा मगरलले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्