चक्रदेवि बहुमुखी सहकारी सस्थाको ५४ औं साधारण सभा सम्पन्न

  • ख-
  • ख+

पोखरा –३० को शिसुवामा रहेको कास्की जिल्ला कै पुरानो तथा अग्रेणी चक्रदेवि बहुमुखी सहकारी सस्थाले सनिवार आफनो ५४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाको उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालयल गण्डकी प्रदेशका रजिष्टार उदय बहादुर पराजुलीले सहकारीहरुले समुदायमा आधारीत काम गरेर उत्पादनसिल क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव दिदै सहकारीको मुल मर्म शिध्यान्त अनुसार काम गरेर देखाउनु पर्नेमा जोड दिएका थिए ।

सस्थाका अध्यक्ष शिवप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैक तालचोक साखाका प्रमुख सन्तोष घिमिरे,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,सस्था पुर्व अध्यक्ष सोमलाल कडेल,गौतम ऋषि बचत तथ ऋण सहकारी सस्थाका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, बेगनास तालनगर सहकारी सस्थाका अध्यक्ष जिवन तिवारी,सम्पुर्ण महिलाहरुको तर्फबाट गीता जमरकटेल लगाएतले सहकारी सहकारीका बिचमा पनि सहकार्य गरि सामुहिक लगानीको माध्यमबाट अगाडी वढ्न पर्ने आवस्यकता रहेको सुझाव राखेका थिए ।

सस्थाका उपाध्यक्ष ऋषिराम जमरकटेले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष शिवराज अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन सह सचिव उपेन्द्रराज पौडेलले गरेका थिए ।

सोही अवसरमा सस्थाका सेयर सदस्य राजेन्द्र ओझा,गोपिचन्द्र वास्तोला,उपेन्द्रराज सुवेदी (राजु),जिवन तिवारी र पुष्पमणि भण्डारी लेखनाथ उद्योग बाणिज्य संघको १३ महाधिवेसनबाट विभिन्न पदमा निर्वाचित हुनु भएकोमा वधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्