काठमाण्डौ / चैत ८ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो वार्षिक महाधिवेसन सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न भएको महाधिवेसले आगामी लायन वर्ष २०२६/ २७ का लागि तारा भुषाललाई गर्भनरमा सर्वसम्मत रुप्मा निर्वाचित गरेको हो ।
यसै गरी महाधिवेसनले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली , द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा मनकृष्ण श्रेष्ठ निर्वाचित गरेको छ ।
यसै गरी नव निर्वाचित गभर्नर भुषालले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै आफ्नो कार्यकाललाई सफलता पूर्वक सम्पन्न गर्न डिष्ट्रिक्ट प्रवेश निरौला , डिष्ट्रिक्ट कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ , चिफ एडभाईजरमा बिपिन मल्ल र पि.आर.ओ ईन चिफमा केशब पौडेललाई मनोनित गरेको घोषणा गर्नु भयो ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्माले आफ्नो कार्यकाललाई सफल बनाउन योगदान दिएका जिल्लाको विभिन्न पदमा रहेका व्यक्तित्वहरु, विभिन्न क्लबका पदाधिकारीहरुलाई सम्मान गर्नु भएको थियो । शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै शर्माले आफ्नो कार्यकालमा भएको सामाजिक तथा मानविय सेवाका कार्यक्रमहरुको बारेमा चर्चा गर्नु भएको थियो ।
लायन्सको नयाँ कार्यकाल जुलाई कार्यकाल भएपनि लायनको विधान अनुसार ३ महिना पहिला नै महाधिवेसन गर्ने नियम रहेको छ भने प्रत्येक पदाधिकारीको पदावधि एक वर्षको भए बमोजिम गभर्नर शर्माले ३ महिना अगावै महाधिवेसन सफलता पूर्वक सम्पन्न गर्नु भएको हो ।
कार्यक्रममा निर्वाचित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर तेजनरायण पराजुली, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर मनकृष्ण श्रेष्ठ लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो भने डिष्ट्रिक्ट सचिव सुजित हिराचनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।