लेखनाथ , चैत २९ । पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्नशोभा भूतपूर्व विद्यार्थी एसोसियसनको अध्यक्षमा कालिप्रसाद भूर्तेल निर्वाचित हुनु भएको छ । संस्थाको प्रथमा साधारण सभा एवम् प्रथम अधिवेशनले आगामी २ वर्षे कालका लागि भूर्तेललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
यसै गरी उपाध्यक्षमा सूर्य बहादुर थापा मगर, सचिवमा जिवन तिवारी, कोषाध्यक्षमा विश्वराज तिवारी , सह सचिवमा यज्ञप्रसाद तिवारी सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । यसै गरी एसोसियसनको कार्य समितिका सदस्यहरुमा विद्याता पौडेल केसी, त्रिलोचन तिवारी, नरेश तिवारी, सूर्य चपाई , विष्णु बहादुर अधिकारी र चित्र नेपाली सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक हरि प्रसाद लामिछानेले जानकारी दिनु भयो ।
यस अघि खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयको शैक्षिक उन्नयनका लागि सरोकालवाला सबै सकारात्मक हुनपर्ने बताउनु भयो । समयसापेक्ष अनुसार शैक्षिक व्यक्तित्वहरुको राय सल्ला एवम् सुझाव अनुसार विद्यालयमा विद्यार्थिहरुको रुचि चाहना अनुसार अध्यापन गर्नुपर्नेमा जोड दिनु भयो । शिक्षकहरु, व्यवस्थापन , भूतपूर्व विद्यार्थीहरु र अभिभावकहरुको समन्वयमा शैक्षिक क्रियाकलापलाई गर्न सकेमा विद्यालयलाई अगाढि बढाउन सकिने बताउँदै योजनाबद्ध तरिकाले अगाढि बढाउनुपर्नेमा जोड दिनु भयो । विद्यार्थीहरुलाई बिहानको खानाको व्यवस्थापन गरी अतिरिक्त कक्षा सञ्चालनले अरु विद्यालयहरुलाई नमूना भएको दाबी गर्नु भयो । सरोकारवाल मार्फत योजनाबद्ध तरिकाले योजना बनाएर ल्याएको खण्डमा वडाबाट सक्दो सहयोग गर्ने बताउँदै अडा अध्यक्ष लामिछानेले भूतपूर्व विद्यार्थी विद्यालयको चौतर्फी विकासमा लागि परेको आफूले पाएको बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्ने विश्वास लिएको बताउनु भयो ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले यस विद्यालयले देशको दक्ष नागरीक बनाएकोमा गर्व गर्नु पर्ने बताउँदै विगतमा भुतपूर्व विद्यार्थीहरुले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सहयोग गर्न आग्रह गर्नु भयो ।
विद्यालयमा विद्यार्थी संख्यामा कमी आएको स्वीकार गर्दै आगामी दिनमा भूतपूर्व विद्यार्थी, बुद्धिजीवि लगायत सरोकारवाला सबैको सल्लाह र सहयोगबाट अगाढि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । भूतपूर्व विद्यार्थीहरुको सहयोगबाट गत भदौ देखि कक्षा ८ देखि १० सम्मका विद्यर्थाीहरुलाई डे होस्टल सञ्चालन गरेको जानकारी दिनु भयो । यसले सकारात्मक प्रभाव परेको स्पष्ट पार्नु भयो ।
आगामी दिनमा व्यवस्थापन समिति विद्यालयको चौतर्फी विकासका लागि सारेकारवाला सबैसँग हातमालो गरी अगाढि बढ्न तत्पर रहेको बताउनु भयो ।
विद्यालयका प्रअ कृष्ण प्रसाद पौडेलले आगामी दिनमा भूतपूर्व विद्यार्थी एसोसियसनले शैक्षिक उन्नयनका लागि रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गर्नु भयो यसका लागि विद्यालय सदैव भूतपूर्व विद्यार्थी एसोसियनसँग सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य प्रकाश तिवारीले आफू अध्यक्ष हुँदा तत्कालिन अवस्थामा आफूले सरोकालवाला सबैको सहयोगबाट चन्दा संकलन कार्यक्रमबाट तत्कालिन उच्च मा.वि. र विद्यालय भवन निर्माण गरिएको स्मरण गर्नु भयो ।
आफूले कहिल्यै पनि राजनिति नगरेको बताउँदै आफूले योजनाबद्ध तरिकाले अगाढि बढेको बताउनु भयो । इतिहासलाई समिक्षा गर्न नसके बर्तमानमा योजना बनाउन नसकिने बताउनु भयो । जहा कर्मथलो बनाए पनि आफूले पढेको विद्यालय र जन्मभूमिमा कार्य गर्न पाउँदा गर्व लाग्ने बताउनु भयो । ठोस योजना सहित ठोस कार्यक्रम विद्यालयले ल्याउनुपर्ने बताउँदै तिवारीले आगामी दिनमा आफूले सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पूर्व प्रधानाध्यापक तारानाथ बास्तोलाले आफूले अध्यापन गर्दाको इतिहास स्मरण गर्दै विद्यालय र यस स्थानको लागि ठोस योजना ल्याएर कार्यन्वयन गर्न सृुझाव दिनु भयो ।
प्यव्सन केन्द्रिय सल्लाहकार बिर बहादुर बुढाथोकीले आफूले विद्यालयमा पढदाको क्षण स्मरण गर्दे तत्कालिन समयमा आर्थिक, सामाजिक लगायत विभिन्न समस्यासँग सामना गर्दै यस क्षेत्रमा विद्यालय सञ्चालन गर्न सफल भएको जानकारी दिनु भयो । विभिन्न काल खण्डमा आर्थिक सहयोग गरी विद्यालय स्थापना गर्न योगदान गर्ने व्यक्तित्वहरुलाई कहिल्यै विर्सन नहुने सल्लाह दिनु भयो ।
यस विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न भूतपूर्व विद्यार्थी एसोसियसन लागि परेको बताउँदै काम गर्न सक्ने साथीलाई सकारात्मक सोच राखेर सहयोग गर्नुपर्ने बताउनु भयो । पवित्र मन्दिरमा के गर्न सकिन्छ भन्ने सकारात्मक सोचका गम्भिर चिन्तनका साथ अगाढि बढ्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी ग्रिन डेभलोमेन्ट बैंकका सि ई ओ हरि बहादुर बुढाथोकीले भूतपूर्व विद्यार्थी एसोसियसनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विद्यालय प्रति आफूलाई धेरै माया लाग्ने बताउँदै भूतपूर्व विद्यार्थीहरुले आफ्नो अनुभव , क्षमता अनुसार विद्यालयलाइृ सहयोग गर्नुपर्ने बताउनु भयो । यस विद्यालयका सम्पूण विद्यार्थीहरुको भावनालाई समेटेर भूतपूर्व विद्यार्थी एसोसियसनले सामाजिक रचनात्मक कार्य गरोस् भन्ने सुझाव राख्नु भयो ।
यसै गरी पोखरा २८ कृषि सञ्जालका अध्यक्ष राधाकृष्ण तिवारीले विद्यालयले देशका विभिन्न क्षेत्रमा कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरेकोमा आफूलाइृ गर्व लागेको बताउनु भयो । यस विद्यालयको शेक्षिक उन्नयनका लागि आफूले सक्दो सयहोग गर्ने बताउनु भयो । भुतपूर्व विद्यार्थी एसोसियसनले सबै विद्यार्थीहरुको भावना साटासाट गर्ने साझा थलो भएको आफूले महशुष गरेको बताउँदै आगामी दिनमा पनि सबैको अपनत्व हुने गरी द्यिालयमा शैक्षिक स्तर बृद्धि गर्न भूतपूर्व विद्यार्थी एसोसियसनलाई सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष शुक्रराज शर्माले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको ऐतिहासिक पृष्ठभूमिको बारेमा चर्चा गर्दे आफू संयोजक रहेको तदर्थ समितिले विगतमा विद्यालयको स्वर्ण जयन्तिमा सक्दो सहयोग गरको जानकारी गराउनु भयो। “हामीले भूतपूर्व विद्यार्थीहरु सबैलाई समेट्ने प्रयास ग¥यौं ,” शर्माले भन्नु भयो ।
आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरु एवम् सदस्यहरु सबैलाई धन्यवाद व्यक्त गर्दै तदर्थ समितिलाई दिइएको जिम्मेवारी अनुसार विद्यान मसौदा समिति बनाएर संस्था विधिबत रुपमा दर्ता गरिएको स्पष्ट पार्नु भयो । विद्यालयको सर्वाङ्गिणी विकासका लागि सरोकारवालासँग समन्वय गरेको स्पष्ट पार्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पूर्व विद्यार्थी धन बहादुर नेपालीले विद्यालयको शैक्षिक एवम् भौतिक उन्नयनमा आफूले सक्दो सहयोग गरेको स्पष्ट पार्नु भयो । आफू भौतिक रुपमा विदेशमा भए मानसिक रुपमा आफूले शिक्षा हासिल गरेको विद्यालय , जन्मेको स्थानलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनु भयो । “भूपू विद्यार्थी एसोसियसनको माध्यमबाट हामी सबै जोडिने अवसर पाएको छौं ,” धनबहादुर नेपालीले बताउनुृ भयो ।
सचिव अध्यक्ष लगायत नव निर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक हरि प्रसाद लामिछानेले सपथ गराउँदै बधाई ज्ञापन गर्नु भएको थियो । यसै गरी निर्वाचन समितिका सदस्य एवम् विद्यालयका पूर्व शिक्षक श्याम बहादुर केसीले निर्वाचित पदाधिारीहरुलाई बधाइ एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । सर्वसम्मत रुपमा निर्वाचित कार्यसमिति आगामी कार्यकाल पूरा गर्न सक्षम रहेको विश्वास व्यक्त गर्नु भयो । जिवनका विभिन्न क्षेत्रमा रहेका भूतपूर्व विद्यार्थीको सम्बन्धलाई जोड्ने पुलको रुपमा विद्यालयको हितलाई केन्द्रमा राखेर जिम्मेवारी बहन गर्न सुझाव राख्नु भयो । समय समयमा विद्यालयको हितका लागि सबै पक्षालाई समेटेर सभा सम्मलेन गरैर अगाढि बढ्न पनि आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
नव निर्वाचित अध्यक्ष कालिप्रसाद भूर्तेलले आफूलाई विश्वास गरी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउनु भएकोमा सरोकारवाल सबैमा आभार व्यक्त गर्नु भयो । “आगामी दिनमा २०१६ साल देखि विद्यालयमा पढेर जिवनका विभिन्न क्षेत्रमा रहेका पूर्व विद्यार्थीहरुलई संस्थामा आवद्ध गराउने पहिलो प्रयास गर्ने छौं, ” अध्यध्यक्ष कालिप्रसाद भूर्तेलले भन्नु भयो । विद्यालय र यस क्षेत्रको विकासका निम्ति सरोकारवाल सबैसँग समन्वय गरेर हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगमी दिनमा यस कार्य समितिलाई सबैको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नु भयो । कार्यक्रममा कोषाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको प्रतिवेदन र संयोजकको प्रतिवेदन सर्वसम्मत रुपमा पारिएको गरिएको थियो ।
निबर्तमान कोषाध्यक्ष हरि प्रसाद लामिछानेले स्वागत गर्नु भएको कार्यक्रम तदर्थ समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिव कालिप्रसाद भुर्तेलले गर्नु भएको थियो ।