आफ्नो जीवन देश र जनताका लागि ः पोखरा महानगर उपमेयर उम्मेदबार रानाभाट

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, बैशाख १६ , पोखरा महानगरपालिका पाँच दलिय गठबन्धनका उपमेयरकी उम्मेदबार कोपीला रानाभाटले आफनो सम्पुर्ण जिवन देश र जनताका लागि समाहित गरको बताइन् ।
नेपाली काग्रेस पोखरा महानगरपालिका वडा नं २६ ले सुक्रवार खरानेफाँटमा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै रानाभाटले अवको जिवन पनि आम जनतालाई छोरा छोरी सम्झेर २४ सै घण्टा जनताको काममा लाग्ने प्रतिवद्धता जनाउदै लेखनाथको चेलीका रुपमा सम्झेर निर्वाचनमा मतदान गरी सहयोग गर्न आग्रह गरिन् ।
सोही कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्री यज्ञवहादुर थापाले गठबन्धन रहर नभई वाध्यता भएकाले सोही अनुसार बुझन र वुझाउन कार्यकर्तालाई अनुरोध गरेका छन् ।
सत्ता प्राप्ती पछि नेकपामा आएको सत्ता मोह र केपी ओलीमा देखिएको घमण्डका कारण सृजना भएको गठबन्धन केन्द्रमा मात्र सिमित नभई तल्लो तहसम्म आएकाले आफनो पार्टीको केन्द्रिय निर्देशनलाई पालन गर्दै समेमीत भएर आगाडी वढ्न पनि उनले आग्रह गरेका छन् ।
नेता थापाले चुनाव जित्नका लागि जसरी गठबन्धन गरिएको छ त्यसैगरि विकास निर्माणका काममा पनि साझा भावनाले र सामुहिक कार्ययोजना लिएर हिड्न पनि उनले सुझाव दिएका थिए ।
नेपाली काग्रेस पोखरा महानगरपालिका वडा नं २६ का सभापति शिव बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस प्रदेश सदस्य चन्द्र बहादुर रानाभाट,वडा नं २६ वडाअध्यक्षका उम्मेदवार नरेन्द्र थापा लगाएतले आफनो क्षेत्रको विकासलाई केन्द्रिय तहसम्म लबिङ गरेर जनताले खोजेको र रोजेको विकास गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्