लेखनाथ , ७ बैशाख ।
लायन्स क्लब अफ पोखरा राइजिङ सनको अगुवाइमा अनुग्रहको सत्सङ नेपाल कास्कीले पोखरा महानगरपालिका वडा नं.२८ रत्नशोभा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थी शुसान नेपालीलाई आर्थिक सहयोग गरेको छ ।
आइतबार एक कार्यक्रमका बिच अनुग्रहको सत्सङ नेपाल कास्कीको तर्फ बाट सञ्जय पाख्रिनले शैक्षिक सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो ।
उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अनुग्रह सत्सङ नेपाल कास्कीका सञ्जय पाख्रिनले आर्थिक समस्यामा परेका नेपाली नागरीकलाई सयहोग गर्नु नै ठूलो धर्म हुने बताउनु भयो ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले आर्थिक रुपमा विपन्न र नेत्र ज्योति बिहीन रहेका आमा बुबा मन बहादुर नेपालीका छोरा सुशान नेपालीलाई कक्षा १२ सम्म अध्ययन गर्ने शैक्षिक खर्च सहयोग गर्ने संस्था प्रति धन्यवाद व्यक्त गर्दै यस्ता किसिमका सहयोगले आगामी दिनमा विद्यार्थीको पढाईमा हैसला मिल्नुका साथै उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
यसै गरी विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले विद्यालयमा आएर आर्थिक रुपमा विपन्न विद्यार्थीलाई आर्थिक सयहोग गर्ने सहयोगी दाता र समन्वय गर्ने समन्वयकर्ता प्रति आभार व्यक्त गर्दे आगामी दिनमा यस्तै किसिमका सहयोगको अपेक्षा गर्नु भयो ।
यसै गरी भूपू विद्यार्थी यसोसियसनका अध्यक्ष कालिप्रसाद भूर्तेल, कार्यक्रम संयोजक सूर्य चपाइ, लाइन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट आइका डिस्ट्रिक कोर्डिनेटर आरती अधिकारी, राजकुमार ढकाल, डिपार्टमेन्ट अफिसर बिरेन्द्र राज भुर्तेल, जोन चियरपर्सन दुर्गा रन्जित, लायन्स क्लब अफ पोखरा राइजिङ सनका अध्यक्ष शोभा कायस्थ लगायतले मानविय सेवा गर्दा आत्मसन्तुष्टि हुने र यस्ता कार्यले बालबालिकाको पढाईमा हौसल्ला प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।